कामदारलाई समयमा तलव नदिने कम्पनीले थप कामदार ल्याउन नपाउने

दोहा- कतार सरकारले समयमा कामदारलाई तलव नदिने कम्पनीले थप कामदार ल्याउन नपाउने नियम प्रस्ताव गरेको छ । त्यसरी कामदार ल्याउन नपाउने व्यवस्था भनें अस्थायी हुनेछ । यो नियम कहिले देखि लागु हुने भन्ने टुँगो लाग्न बाँकी नै छ ।

घोषित नियम लागु भएमा त्यसरी समयमा कामदारलाई तलव नदिने कम्पनीहरुलाई कतारको श्रम तथा सामाजिक विषय हेर्ने मन्त्रालयले जरिवाना सहितको कारवाही गर्न सक्नेछ । सो मन्त्रालयले त्यस्ता कम्पनीले कामदारहरुको रकम चुक्ता नगरेसम्म काम गर्न नपाउने गरी बन्देज समेत लगाउन सक्नेछ ।

कतारको मन्त्रीपरिषदले त्यस्ता कम्पनीलाई कतिसम्म जरिवाना गर्न सक्ने भन्ने व्यवस्था सहितको कानूनलाई यसअघि नै पास गरिसकेको छ । नयाँ व्यवस्था अनुसार कामदारको तलव सिधै बैंक खातामा जम्मा गर्नुपर्ने छ ।

कानूनमा गरिने सुधारको पहिलो घोषणा कतार सरकारले गत अप्रिल महिनामा नै गरिसकेको थियो । कतारको मन्त्रीपरिषदले यस अघि नै कतारको श्रम ऐन, २००४ को दफा १४ संशोधनलाई पास गरिसकेको छ ।

त्यसयता कतारको मन्त्रीपरिषदमा पटक पटक सुधार सम्वन्धि छलफल भइरहेको छ । त्यसमा सुहाराले समेत आफ्नो राय सुझाव दिइसकेको छ । तर यति भइसक्दा पनि कतारको श्रम ऐन कहिले देखि संशोधन हुन्छ भन्ने यकिन गरिएको छैन ।

प्रस्तावित संशोधनले अहिले देखिएको तलब नदिने वा समयमा नदिने समस्यालाई सम्वोधन गर्ने अपेक्षा गरिएको छ । यो कतारमा देखिएको ठूलो समस्या हो जसका कारण कतार विश्व मञ्चमा आलोचित भइरहेको छ । त्यसैले यसलाई रोक्न कतार सरकारले बैंक खाता मार्फत तलब भुक्तानीको व्यवस्था गर्ने बाचा गरेको हो । House maid Qatar

प्रस्तावित कानून लागु भएपछि कामदारको तलब हरेक महिना सिधै कामदारको नाममा बैंकमा खोलिएको खातामा जम्मा गर्नुपर्नेछ । हरेक घण्टाको हिसावले काम गर्ने कामदारको भुक्तानी भनें बढीमा दुई हप्ता भित्रमा बैंक मार्फत नै गरिसक्नु पर्नेछ ।

कतारका उपप्रधानमन्त्री अहमद विन अव्दुल्लाह अल मोहम्मदले हरेक कामदारको तलव महिना सकिएको पहिलो हप्ता भित्र बैंकमा जम्मा भइसक्नु पर्ने व्यवस्था गरिएको छ । कानून पालना नगर्ने कम्पनीहरुले नयाँ कानून अनुसार धेरै चरण पार गरेर मात्र फेरी काम गर्न पाउने व्यवस्था  गर्न लागिएको उनले बताए ।

त्यसरी कामदारको तलब नदिएर कालोसूचीमा परेका कम्पनीहरुलाई मन्त्री वा उनका प्रतिनिधिले फुकुवा गरिदिन सक्ने भएपनि त्यसका लागि धेरैवटा अनुमति लिनु पर्ने उनले बताए ।

Qatar 2

गतबर्ष बैंक मार्फत कामदारको तलव भुक्तानीको घोषणा गरिएपछि त्यसका लागि कतारको केन्द्रीय बैंकले पनि यसका लागि तयारी गरिरहेको छ ।

नयाँ व्यवस्था तीन चरणमा लागु गर्ने तयारी गरिएको छ ।

पहिलो चरणमा ५ सय भन्दा धेरै कामदार काम गर्ने ठूला कम्पनीहरुमा यो नियम लागु हुनेछ ।

त्यसपछि दोश्रो चरणमा १ सय देखि ५ सय कामदार काम गर्ने कम्पनीमा यो नियम लागु हुनेछ भनें तेश्रो चरणमा १ सय भन्दा थोरै कामदार काम गर्ने कम्पनीमा यो नियम लागु हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: