गैर कानूनी रुपमा बसेकाहरुलाई ‘आममाफी’को तयारी

ओमान – ओमानमा गैर कानूनी रुपमा लुकेर बसिरहेका कामदारलाई स्वदेश फर्किनका लागि आममाफीको घोषणाको तयारी भइरहेको छ । सो घोषणा आगामी साता हुन सक्ने ओमानका सरकारी अधिकारीहरुले संकेत गरेका छन् ।

यसअघि ओमानले यहाँ लुकेर बसिरहेका गैरकानूनी कामदारको खोजि गरि ठूलो संख्यामा पक्राउ गरेर स्वदेश फर्काएको थियो । अघिल्लो हप्ता मात्र ५० जनाभन्दा धेरै त्यस्ता कामदारलाई स्वदेश फिर्ता गरिएको थियो ।

ओमानले आगामी हप्ता ल्याउन लागेको आममाफी कार्यक्रममा त्यसरी लुकेर बसिरहेका गैरकानूनी कामदारलाई बैध बन्ने अवशर भनें नदिने तयारी गरेको छ । लुकेर बसेकाहरुले बिनाकुनै कानूनी झमेला स्वदेश फर्किन पाउनेछन् । यसले अहिले भइरहेको धरपकड र यसले कानूनी रुपमा बसिरहेका कामदारबीचमा समेत फैलिरहेको त्रास कम हुने अपेक्षा सरकारी अधिकारीहरुले गरेका छन् ।

अहिले ओमानमा त्यसरी लुकेर बसिरहेका कामदारलाई पक्राउ गरेपछि लगेर थुन्ने, उनीहरुले कुनै कानूनी उपचार खोज्न नपाउने र स्वदेश फर्काउने गरिएको छ । अन्तराष्टिय कानूनले भनें त्यसरी पक्राउ परेका कामदारले वकिलसँग सल्लाहह लिन पाउने, दोभाषेहरु राख्न पाउने तथा सहज रुपमा स्वदेश फर्किन पाउने व्यवस्था गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय