नजिकको नातेदारलाई भिसाको सुविधा

दमाम- साउदी सरकारले पर्यटकको भिसामा आएका कामदारका नजिकका नातेदारलाई आफ्नो भिसालाई स्थायी रुपमा बस्न पाउने भिसामा रुपान्तरण गर्न दिने सुविधा दिएको छ । यो जानकारी साउदीको पासपार्ट विभागका एक उच्च अधिकारीले दिएका हुन् ।

हो यो सम्भव छ विभागका प्रवक्ता कर्णेल मोहम्द अल हुसैनलाई उधेत गर्दै अरब न्यूजले खवर लेखेको छ । तर त्यस्तो निवेदन साउदीको आन्तरिक मामिला मन्त्रालयले भनें स्वीकृत गर्नु पर्ने उनले बताए ।

श्रोतासँग टेलिफोन कुराकानीमा कर्णेल अल हुसैनले कामदारहरुले आफ्ना बृद्ध बाबुआमालाई समेत साउदी अरबमा ल्याउन सक्ने सुविधा रहेको बताए ।

साउदी अरब सरकारले आफ्नो देशमा कार्यरत आप्रवासी कामदारका श्रीमति, तिनिहरुका छोराछोरी र आमाबाबु र सासु ससुरालाई पर्यटक भिसा दिने व्यवस्था हालै गरेको छ ।

रियादबाट एक श्रोताले उनकी श्रीमतिलाई पर्यटक भिसामा साउदी बोलाएर त्यो भिसालाई स्थायी रुपमा बस्न पाउने गरी परिवर्तन गर्न मिल्ने नमिल्ने बारेमा प्रश्न सोधेका थिए । यसैगरी त्यसरी आउनेहरुले अकोमा(परिचयपत्र) बनाउन मिल्ने नमिल्ने पनि उनको जिज्ञासा थियो ।

त्यसको जवाफमा अल हुसैनले त्यस्तो गर्न सकिने भन्दै त्यसका लागि साउदीको कानूनमा प्रष्ट व्यवस्था रहेको बताएका थिए । यसैगरी अर्र्का एक व्यक्तिको जिज्ञासामा उनले अनलाइनबाट नै सवै काम हुने भएका कारण अध्यागमन कार्यालयमा एक्जिट तथा पुनः प्रवेश सम्वन्धि कागजात बुझाउनु नपर्ने बताए । उनले सम्वन्धित व्यक्तिको पासपोर्ट नै पर्याप्त हुने बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय