नेपाली पासपोर्ट बोक्नेहरु खरावको सूचीमा

दुवई-तपाई कुन देशको नागरिक हुनुहुन्छ, त्यसको आधारमा तपाईले सम्मान वा तिरस्कार भोग्नु पर्छ, यो सत्य हो । सामान्य उदाहरणका लागि तपाई कुन देशको पासपोर्ट बोक्नुहुन्छ, अरु देश वा ति देशका अध्यागमन कार्यालयहरुले त्यहि अनुसार व्यवहार गर्छन् ।

हेन्ली एण्ड पार्टनर नामको अन्तराष्टिय संस्थाले सन् २०१४ को एक बर्षलाई आधार बनाउँदै कुन देशको पासपोर्ट बोक्नेहरुले सहजै अर्को देशको यात्रा गर्न सक्ने र कुन देशको पासपोर्टधारीहरुले बढी समस्या झेल्नु परेको थियो भन्ने विवरण सार्वजनिक गरेको छ ।

हेन्ली एण्ड पार्टनर कुनै एक देशका नागरिकलाई अन्य देशको स्थायी बसोवास, नागरिकता बनाउन सघाउने कम्पनी हो । यस कम्पनीले हरेक बर्ष २ सय देशहरुको अध्ययन गर्दै कुन देशका नागरिकले विना कुनै अवरोध अन्य देशको भ्रमण गरे भन्ने विवरण प्रकाशित गर्ने गर्छ । यसमा कुन देशका नागरिकले भिसाका लागि कतिले आवेदन गरे, कतिलाई दिइयो र कति अस्वीकृत भए भन्ने विवरणलाई हेर्ने गरिन्छ ।

सो कम्पनीको रिपोर्ट अनुसार नेपाली पासपोर्ट खरावको दर्जामा परेको छ । नेपाल कुल २ सय देश मध्ये ९० औं स्थानमा छ र नेपालले ३७ अंक पाएको छ । त्यसपछि प्यालेष्टाइन, पाकिस्तान, सोमालिया, इराक र अफगानिस्तान क्रमशः ९१ देखि ९४ औं स्थानमा परेका छन् । पाकिस्तान र सोमालिया एउटै ९२ औं स्थानमा छन् ।

रिपोर्ट अनुसार पहिलो नम्वरमा फिनल्याण्ड, जर्मनी, स्वीडेन, अमेरिका र बेलायत परेका छन् । ति देशका नागरिकले १ सय ७४ देशमा बिना भिसा जान पाउने उल्लेख छ । दोश्रो स्थानमा क्यानडा र डेनमार्क परेका छन् जसले १ सय ७३ अंक पाएका छन् । यसैगरी बेल्जियम, फ्रान्स, इटाली, जापान, दक्षिण कोरिया, लक्जेम्वर्ग, नेदरल्याण्ड, पोर्चुगल तथा स्पेनले १ सय ७२ अंक सहित तेश्रो स्थान पाएका छन् ।

अष्टेलिया, आयरल्याण्ड तथा नर्वे चौथो स्थानमा छन् । न्यूजिल्याण्ड र स्वीजरल्याण्डले १ सय ७० अंक सहित पाँचौं स्थान ओगटेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: