अरनिको राजमार्ग बन्द गर्ने चेतावनी

काठमाडौं – काभ्रेपलाञ्चोकको जिरोकिलोमा पुस १८ गते राती स्थानिय युवा ज्ञानुराजा ठकुरीको शव भेटिएपछि कुनै गाडीले ठक्कर दिएर उनको मृत्यु भएको शंका गर्दै प्रहरीले अनुसन्धान अघि बढाएपछि यातायात मजदुर र व्यवसायी आन्दोलनमा उत्रने भएका छन् ।

ठकुरीको सडक दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले दुई जना मजदुरलाई सार्वजनिक मुद्धा दायर गरिसकेको छ ।

चारवटा मिनि ट्रक कन्टेनर तथा ६ जना मजदुरहरुलाई पुस १९ गतेदेखि प्रहरीले नियन्त्रणमा राखेको थियो । ति मजदुरहरु निर्दोष रहेको भन्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अरनिको रुट ट्रक ईकाई कमिटी, नेपाल ट्रक कन्टेनर व्यवसायी संघ तथा मितेरी मिनी ट्रक कन्टेनर व्यवसायी संघले पुस २४ गते ज्ञापनपत्र बुझाउदै तातोपानी भन्सारबाट सामान ढुवानी बन्द गरेपछि पुस २७ गते चार जना मजदुरहरु छोडिएका थिए ।

हाल प्रहरी हिरसतमै रहेका पेम्वा शेर्पा र निमा दोर्जे तामाङलाई भने प्रहरीले सार्वजनिक मुद्धा चलाएको छ । त्यसको विरोेधमा यातायात मजदुर तथा व्यवसायीहरुले विहिबार सयुक्त भेला मार्फत प्रहरी प्रशासनको गलत नियत भन्दै त्यसका विरुद्धमा थप आन्दोलन गर्ने निर्णय गरेका छन् ।

अहिलेसम्म हामीले हाम्रा ट्रक कन्टेनर तथा तातोपानी भन्सार बन्द गरेका थियौं अब अरनिको सडक नै बन्द गर्छौं नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष दुर्गावहादुर श्रेष्ठले भने ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: