युएईमा साथिले नै २० लाख चोरेपछि ……

रसअल खेइम- युएईको रस अल खेइममा एक व्यक्तिले आफ्नै साथिको ७५ हजार दिराम(नेरु २० लाख भन्दा बढी) चोरेको अभियोगमा पक्राउ परेका छन् ।

ति व्यक्तिले आफ्नै साथिको कारबाट सो रकम चोरेका थिए । खाजिल टाइम्सका अनुसार रस अल खेइम प्रहरीले चोरीएको मध्ये ६३ हजार दिराम रकम सहित ति व्यक्तिलाई पक्राउ गरेको छ ।

समाचारका अनुसार ति दुवै व्यक्ति एउटै कारमा कतै जादै थिए । सो क्रममा कार चलाउने व्यक्तिले अघिल्लो सिट नजिकै रकम राखेको उनका ति साथिले देखेका थिए । एक होटलमा ति कार चालक व्यक्ति पसेको मौका छोपेर उनका साथि रकम लिएर भागेका थिए ।

फर्केर आउँदा साथि र रकम दुवै नदेखेपछि आत्तिएका ति व्यक्तिले प्रहरीमा खवर गरेका थिए । प्रहरीले चारैतर्फ सुचना गरेपछि ति व्यक्ति एयरपोर्टबाट चोरेको ६३ हजार दिराम सहित पक्राउ परेका थिए । उनी युएईबाट भाग्न खोजेको बताइएको छ । रकम चोरिने र चोर्ने दुवै अरबी मुलका व्यक्ति भएको समाचारमा जनाइएको छ ।

पक्राउ परेका व्यक्तिलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान सुरु गरेको जनाएको छ । ति व्यक्तिले आफुले रकम चोरेको कबुल गरेको र १२ हजार दिराम खर्च गरेको बताएको प्रहरीको भनाई छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: