घरेलु कामदारको पीडाः मालिक बलात्कार गर्न खोज्छन्, मालिक्नी कण्डम लगाउन सल्लाह दिन्छिन्

कुवेत- केहि महिला घरेलु कामदार कुवेतमा दयनिय अवस्थामा रहेका छन् । उनीहरुका रोजगारदाताहरुले समयमा तलव नदिने, यौन दुव्र्यवहार गर्ने र खानबस्न राम्रो बन्दोवस्त नगर्ने गरेको देखिएको छ ।

अरब टाइम्सका अनुसार उनीहरुलाई कैदीको रुपमा बस्न बाध्य पारिएको छ । एक महिला कामदारलाई उधृत गर्दै अरब टाइम्स लेख्छः उनका रोजगारदाता दयालु छन् । उनले खानेबस्ने प्रवन्ध ति घरेलु कामदार महिलाका लागि राम्रो गरिदिएका छन् । तर उनी जतिबेला पनि उनकी श्रीमति बाहिर गएको मौकामा ति कामदारमाथि यौन शोषण गर्ने मौका पर्खेर बस्छन् । जव घरकी मालिक्नि बाहिर जान्छिन् आफूलाई रकम दिएर यौन सम्वन्ध राख्न ति घरमालिकले दवाव दिने गरेको उनी बताउँछिन् ।

उनका अनुसार उनका घरमालिकले विशेष चाडपर्वका अवशरमा निक्कै मूल्यवान सामान समेत उपहार दिने गरेका छन् । तर त्यसका बारेमा कसैलाई नबताउन, खासगरी उनकी श्रीमतिलाई यसका बारेमा कुनै सुईंको नदिन उनले आग्रह गर्ने गरेको ति महिलाले बताइन् । ति घरमालिकले आफूलाई काम भएको बताएर शहरको अर्को एक अपार्टमेण्टमा लगेर बलात्कार गरी आफूलाई गर्भवती समेत बनाएको उनले बताइन् ।

उनका अनुसार गर्भवती भएपछि ति व्यक्तिले उनलाई रकम दिएर उनको देश गएर गर्भपतन गराएर फर्किन आग्रह गरेका थिए । उनले नमानेपछि ति व्यक्तिले उनलाई नजिकैको अर्को अरबी मुलुकमा लगेर गर्भपतन गराएर फर्किएका थिए । त्यसपछि ति व्यक्तिले पोल खुल्ने डरले उनको घरेलु कामदारको भिसालाई अन्य काम गर्न पाउने गरी परिवर्तन गरिदिएका थिए । त्यसपछि उनले सो घरबाट मुक्ति पाएकी हुन् । हाल उनी सौन्दर्यका सामान बेच्ने एक पसलमा विक्रेताका रुपमा काम गरिरहेकी छिन् ।

अर्की एक कामदार महिलाले अझ रोचक घटना सुनाइन् । उनका अनुसार उनले काम गर्ने घरका मालिकले उनकी श्रीमतिसँग सम्वन्ध विच्छेद गरेका थिए । सम्वन्ध विच्छेद गर्नुको कारण उनकी श्रीमतिको विभिन्न देश घुम्न जाने र त्यहाँका किशोरहरुसँग यौन सम्वन्ध राख्ने रुची थियो ।

उनका अनुसार ति किशोरहरुले ति घरेलु कामदारलाई बलात्कार गर्न खोजेपछि उनले त्यसको प्रतिकार गरेकी थिइन् । उम्केर घर मालिक्निसामु पुगेकी उनले त्यसको जानकारी गराउँदा उल्टै उनले उनीहरुसँग यौन सम्वन्ध राख्दा कण्डमको प्रयोग गर्न नभुल्नु भनेपछि उनी सो घर छोडेर भागेकी थिइन् । हाल उनी अवैधानिक रुपमा कुवेतमा बसिरहेकी छिन् ।

अर्की एक फिलिपिनो महिला कामदारले आफुलाई एजेण्टले नैै राखिरहेको भन्दै दिउँसो कार्यालयको काम गर्नु पर्ने र राती उसले आफुसँगै बस्न बाध्य बनाइरहेको उनको गुनासो थियो । अर्की एक महिलाले आफुलाई बेश्यालय जस्तै एक घरमा काममा लगाइएको र आफू भागेर निस्कन सफल भएको बताइन् । एक भारतीय महिला कामदारले भनें काम गरेको एक पैसा समेत पाउन सकिनन् ।

उनले तलव माग्दा बैंक मार्फत भारतको बैंकमा पठाइदिने गरेको भन्दै रोजगारदाताले ढाँटेका थिए । उनी सो घरबाट भागेर भारतीय दुतावास पुगेपछि सो कुरा सार्वजनिक भएको हो । उनले उजुरी हालेपछि तीन महिनाको तलव दिए पनि बाँकी रकम अझै दिइएको छैन ।

एक फिलिपिनो महिला कामदारको कथा पनि उस्तै छ । उनले पनि काम गरेको तलव माग्दा रोजगारदाताले बर्षको अन्त्यमा दिने भन्दै झुलाइरहे । झण्डै एक बर्ष सो घरमा काम गरिसकेपछि उनले थाहा पाएकी थिइन् उनका रोजगारदाताले आफ्नो घरबाट ति महिला भागेको उजुरी प्रहरीमा गरेका थिए । त्यसपछि भनें उनी साँच्चै भागेर एउटा रेष्टुराँमा अवैधानिक कामदारको रुपमा काम गरिरहेकी छिन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय