काठमाडौं-मलेसियामा सयौंको हाराहारीमा नेपाली महिला यौन पेसामा लागेको भन्ने समाचार सार्वजनिक भएपछि त्यस विषयमा मलेसियामा रहेका र मलेसियामा काम गरि फर्केका नेपाली युवाबीच यसले बहसको रुप लिएको छ ।
कतिपयले यो समाचारलाई हल्लाको भरमा लेखिएको भन्दै कपोलकल्पित भनेका छन् र यसले स्वाभिमानपूर्वक काम गरिरहेका नेपाली दिदि बहिनीहरुको बेइज्जत गरेको भनेका छन् भनें कतिपयले यसमा सहमति जनाएका छन् । कतिपयले भनें आफूहरु यसको भुक्तभोगि भएको दावी समेत गरेका छन् ।
समाचार सार्वजनिक भएपछि यसले नेपाली समुदायको नै बेइज्जत गरेको भन्दै केहि युवाले यस्ता समाचार लेख्नु अघि बुझेर मात्र लेख्नुपर्ने तर्क गरेका छन् । तर यसको विपक्षमा रहेकाहरुले भनें यसले सत्य कुरालाई सार्वजनिक गरेको भन्दै नेपाली युवतीलाई मलेसियामा यस्ता गतिविधिमा रोक्न सकिने उपाय खोज्न सुझाव दिएका छन् ।
सामाजिक सञ्जाल मार्फत युवाहरु अहिले बहसमा छन् । हामीले फेसबुक मार्फत केहि युवाले व्यक्त गरेका विचारलाई यहाँ प्रस्तुत गरेका छौं ।
मलेसियामा रहेर पत्रकारितामा समेत सक्रिय रहेका अर्जुन काफ्ले लेख्छन्ः हल्लाका भरमा काठमाडौंबाट कस्तो पत्रकारिता हुँदैछ ? हाम्रो पत्रकारिता कता जाँदैछ ? त्यो समाचारले आज मलेसियामा बस्ने धेरैको टाउको दुखाएको छ ।
केहि समय अगाडी एकजना दिदिले फेसबुकमा म्यासेज गरेर नै त्यो समाचारको सत्यतामाथि प्रश्न उठाउनुभयो । त्यो समाचारले मलेसिया आएका नेपाली चेलीमाथि नै प्रश्न चिन्ह उठाएको छ रे दिदिको भनाई ।
यही विचारमा अरु धेरै नेपालीले आफ्नो धारणा पोखेका छन् ।
किशोर गुरु भनेर चिनाउने विन्द किशोर साह लेख्छन्ः म धन्यवाद दिन चाहन्छु जसले नकारात्मक पक्ष लाई जनता र सरकारको अगाडि ल्याएको छ । यो समाचार पुर्ण रूपमा गलत छ भन चाहिँ मिल्दैन । किनकि यसमा पक्कै केही न केही सत्यता छ । १०० प्रतिशत सत्य नभएपनि हाम्रो समाजमा भोलि कस्तो खालको असर पर्छ भने कुराको बोध गराएका छन् । वास्तवमा भन्ने हो भने प्रवासका कुनै पनि पत्रकारहरुले यो बिषयमा रुचि राखेको भेटिदैन किन होला ? मलेसियामा अहिले कु संगतमा लागेका इण्डोनेसियन पछि नेपाली चेलीहरुनै छन् । उनीहरू केवल पैसा कमाउन लागेका छन् । **************************************************************************************** तिर्थलाल पाख्रिन लेख्छन् समस्या छैन भन्न मिल्दैन । असुरक्षित छन् त्यो पनि ठिक हो । तर मलाई चित्त नबुझेको कुरा चैं जो कोहि पनि मलेसियामा यौैन धन्दा गर्न आएको भन्ने हो । यो गलत छ । भारतको बाटो भएर एक दुईजना आए होलान् । मुख्य कुरा मलेसियामा दैनिक धेरै नेपाली लुटिन्छन् । कम्पनीले जवर्जस्ती काममा लगाउने र मन नलागे फर्काउने गर्छन् । यहाँ कामदार धेरै असुरक्षित छन् चाहे त्यो महिला होस् वा पुरुष । यस अघि पनि एउटा अनलाइनमा मलेसियामा धेरै नेपालीको मृत्युको कारण यौन हो भनिएको थियो । के यहाँ समस्या यौनको मात्र हो त ? तर मुख्य समस्या त श्रम शोषण हो । किन यो विषय छुट्छ ? *****************************************************
*****************************************************************************************
रामकुमार परियार लेख्छनः तर मेरो बुझाईमा त्यो समाचार केही सत्य छ भन्ने लाग्छ । भलै शत प्रतिशत नहोला तर त्यहाँ कार्यरत साथिभाई मार्फत बुझ्दा समाचार सत्य निकट भए झैँ लाग्यो ।
***********
***************************
********************************************
*****************************************************************************************
अस्मित सिंह लेख्छन्ः सम्बन्धित घटनामा सङ्लग्न ब्यक्तिलाई उभ्यार समाचार बनाउदा कुनै प्रश्न नै उठ्दैन । यो कपोकल्पित होइन । यो समाचार सोह्रै आना सत्य छ । हामी पनि मलेसियाको राजधानीमा नै छौ र यो समाचारले कुनै कसैलाई केही गरेको छैन ।
राजेश खतिवडा लेख्छन्ः समाचारमा भनिए झैं हो कि हैन त्यो चैं थाहा भएन तर यहाँ आएका नेपाली चेलीहरू बिग्रिने वा सप्रिने त्यो आफैमा भर पर्छ ।
**************
***********************
***********************************
******************************************
कुलप्रसाद खनाल लेख्छन्ः अहिले नै त १०० प्रतिशतमा पुगी सकेको छैन यो समाचारको कुरा, तर हामीलाई पनि टाउको दुखाई भै रहेछ, हाम्रै आँखा सामुन्ने यस्तो घिनलाग्दो धन्दा भै रहेको देख्दा । भिर जाने गाई लाई राम राम ।।।।।।।।।।
यसैगरी आफुलाई पुवार कान्छो भनेर चिनाउने युवा लेख्छन्ः म पनि ४ ५ वटा भोटा फटाइ सकेको एक गुलामी हो मलेशियामा।
समाचार तयार गर्दा पत्रकारहरुले नाक नजाने र हिम्मत नटुट्ने समाचार बोध गराएको छ।
मेरो ठम्याइमा यो समाचार सत्य छ।
अन्य विवरण तथा कुकर्मित नेपाली मित्र नै अग्रसर भएको तथ्य छ मलेशियामा।
*************************
**********************************
*******************************************************************************************
यसैगरी फेसबुकमा ईन्द्र जिजिविसा लेख्छन्ः मलेशियामा, नेपाली महिलाहरु देह ब्यापारमा भन्ने चर्चा चलिरहेको छ । यसमा सत्यता छ । मलेशियामा लाखौ छन नेपाली महिला तर समाचारमा सयौंको संख्यामा भनेको कारण सत्य हो । सामान्य माया गर्नु, अनि पकेट खर्च लिनु दिनु त सामान्य हो । यो कुनै आपतिको बिषय होइन ।
हामी आफै देख्न सक्छौं, एक जना नेपाली युबतिले कुनै पुरुषसंग माया गर्ने भनेको ६ महिना देखि बर्ष दिनसम्म मात्रै हो । त्यस पछि अनेकौ बहानामा छुट्छन । त्यो समयको बिचमा आफ्नो समस्या देखाएर सकेसम्म आफ्नो केटा साथिको सेलरी पनि हात पार्छन ।
यौन सम्पर्क कुनै पनि हालतमा नराम्रो होइन । र लाज मान्नु पर्ने बिषय पनि होइन । यौन सम्पर्क बिना यो संसारको अस्तित्व पनि हुदैन । अनि यौन संपर्क देखि अछुत कोहि हुदैन पनि । मन मिल्दा यौन सम्पर्क भए पनि कसैले आपत्ति मानिरहनु पर्ने विषय पनि होइन । तर देह व्यापार भने आफ्नै बाध्यतामा गर्छन कोहि र कोहि रहरमा कोहि प्रलोभनमा । कलगर्ल पनि छन यहाँ । मलेशियाको कुनै कुनै होटेल यस्तो कल गर्लको सेवा दिइन्छ । तपाइलार्इलाई मन लागेका देशका युवती उपलव्ध गराइदिन्छन् तिनिहरुले । यहाँ सबै नेपाली महिलालाई दोष दिएको हैन । लाखौमा सयौ भनिएको छ ।
पोलिहाङ लिम्वु लोङा लेख्छन्ः यो सत्य हो म केलको पेटीमा हिडदै थिएँ म पनि त्यति बेला त्यस्तैको फन्दामा परेको छु । उनीहरु खुल्ला रुपमै बोलाउँछन् । यो सुन्दा मलाई लाज पनि लाग्यो अनि सोचे नेपालि चेलीहरु के भएको हो भनेर ।
क्वालालम्पुरको सडक र केहि नाइट क्लवहरुमा नेपाली युवती छन् । यो सत्य हो । यसलार्ई कसरी रोक्ने हो, नेपाल सरकारले पनि ध्यान दिनुपर्छ ।
यसैगरी सुशीला राई लेख्छिन्ः विचरा नेपाली दिदि बहिनीहरु आफ्नो देशमा पैसा कमाउन बाटो नदेखेर विदेशिन्छन्, अनी पसिना बगाएर पैसा कमाउने दिदि बहिनीहरुलाई यो कुराले कस्तो चोट पर्छ सवैलाई एउटै नजरले हेर्नु भएन नी ।
********************
*****************************************
तपाईको विचार लेख्नुहोस् । तपाईलाई के लाग्छ ?