
कतार- वैदेशिक रोजगारका लागि कतार आइपुगेर सडक र कार्यस्थलमा दुर्घटनामा भई मृत्यु भएका २० जना नेपाली कामदारले ४० लाख १३ हजार रियाल (करिब १० करोड ८३ लाख ६६ हजार रुपैया) क्षतिपूर्ति पाएका छन् ।
नेपाली दुताबासले एउटा वकिल राखेर मुद्दा लडेपछि ती मृतक कामदारका परिवारले क्षतिपुर्ति पाएका हुन् । दुताबासले पाइसकेका रकम कानुनी खर्च कटाएर परिवारले पाउने गरी परराष्ट्र मन्त्रालयलाई पठाइसकेको छ ।
ु२० जना मृतक कामदारले ४० लाख १३ हजार रियाल क्षतिपुर्ति पाएका हुन् । त्यसको लागि ६ लाख ८३ हजार कानुनी खर्च भएको छु, नेपाली दुताबासका सहचारी केशव पन्थीले भने, कानुनी खर्च कटाएर पीडित परिवारले पाउने ३३ लाख ३० हजार रियाल रकम परराष्ट्र मन्त्रालय पठाइदिएको छ । परराष्ट्रले यो क्षतिपुर्ति सम्बन्धीत जिल्ला प्रशासन कार्यालय मार्फत भुक्तानी दिने ब्यबस्था मिलाउनेछ ।
क्षतिपुर्ति पाउनेहरुमा रिभन ३, कास्कीका जोगबहादुर सुनुवार (एकलाख ६० हजार रियाल), धरमपानियाँ ६, कपिलबस्तुका गौतम न्यु (एक लाख ४९ हजार रियाल), पोखरा ३, कास्कीका जीबनकुमार श्रेष्ठ (एक लाख ४९ हजार रियाल), किनहुन २, तनहुँका केशबहादुर राना (३४ हजार), चित्रे ४, खोटाङका पेमनुरी शेर्पा (एक लाख ५५ हजार रियाल), शिक्तहन ३, रुन्देहीका वाइज मोहम्मद स्वात (एक लाख ५५ हजार रियाल), उम्रपे्रमपु ४, धनुषाका सञ्जिबदाश ततमा (दुई लाख ७ हजार रियाल), राजबरा ९, प्युठानका गिरबहादुर घर्ती (एक लाख ६० हजार रियाल) र खँडेबास ५, बाग्लुङका नामराज गुरुङ (एकलाख ५९ हजार रियाल) रहेका छन् ।
त्यस्तै, आमभञ्जाङ ७, मकवानपुरका नन्दप्रसाद सापकोटा (एकलाख ५९ हजार रियाल), सिद्धधारा ३, अर्खाखाँचीका अर्जुनबहादुर सुनार (एकलाख ५९ हजार रियाल), चिसापानी ७, स्याङ्जाका सोमप्रसाद भण्डारी (एकलाख ६० हजार रियाल), सिंहदेबी ७, मोरङका सञ्चबहादुर लिम्बु, तुलिसिया निकेश ३, धनुषाका सत्यनारायण यादब (एक लाख ४९ हजार), अधिकारीचौर ६, बाग्लुङका तुलसीराम भण्डारी (दुई लाख ३९ हजार रियाल), फलेक ७, तेहथुमका दुर्गाबहादुर दर्जी (दुई लाख ४४ हजार रियाल), बलाह संग्राह ५, धनुषाका अन्सुरुल कुवारी (एकलाख ९६ हजार), छतिवन ३, मकवानपुरका प्रेमबहादुर भोम्जन (एक लाख ९६ हजार रियाल), चुरियामाई २, मकवानपुरका अशोक थिङ (एक लाख ५९ हजार रियाल) र तारुका ५ नुवाकोटका कृष्णे कार्मी (एकलाख ५९ हजार रियाल) रहेका छन् । यी मध्ये स्याङजाका भण्डारी र प्युठानका घर्तीले दोश्रो पटक क्षतिपुर्ति पाएको हो ।
उनीहरु अधिकांस सडक दुर्घटनामा परी ज्यान गएको हो । कतारमा सडक र कार्यस्थलमा ज्यान गुमाउनेले क्षतिपुर्ति पाउन मुद्दा लड्नुपर्ने अबस्था छ । पीडित परिवारले परराष्ट्र मन्त्रालयलाई अख्तियारनामा बुझाएपछि दुताबासले वकिल मार्फत मुद्दा लडिदिने गरेको हो ।
कान्तिपुरबाट