कतारमा सडक दुर्घटनामा परेर अस्पतालमा उपचार गराइरहेका नेपालीका लागि अपिल

दोहा- कतारमा सडक दुर्घटनामा परी अस्पतालमा उपचार गराइरहेका जर्मन मुखियाका लागि सहयोगको पिल गरिएको छ ।

मुखियाका साथि श्याम डिसीले फेसबुक मार्फत सहयोगको आग्रह गरेका हुन् ।

श्यामले एक नेपाली भएका नाताले मुखियाको परिवारको उज्वल भविष्यका लागि कतारमा कार्यरत सम्पूर्ण नेपाली बुद्धिजीवि, व्यवसायी, समाजसेवी तथा कतारमा कार्यरत नेपाली नागरिकलाई सहयोग गरिदिन आग्रह गरेका छन् ।

हरेकले गर्ने सानो सहयोगले मुखिया र उनको परिवारका लागि ठूलो मद्धत मिल्ने विश्वास श्यामले गरेका छन् ।

परिवारलार्इ सुखी बनाउने, घरायसी आर्थिक स्थिती बलियो बनाउने सुन्दर सपना बोकेर जुन २०१४ मा कतार आएका माई पोखरी ६ इलामका २३ बर्षिय जर्मन मुखिया कतारको स्थानिय कम्पनीमा क्लिीनरका रुपमा काम गर्दथे ।

उनी कतार प्रवेश गरेको चार महिना नपुग्दै गत सेप्टेम्बर २०१४ का दिन दुर्घटनामा परेका थिए । उनलाई ड्युटी सकेर राति ११ बजे कोठामा फर्कने क्रममा दोहाको अति व्यस्त सडक कर्नेसमा एक यूरोपियन मुलुकका नागरिकले चलाएको गाडीले ठक्कर दिएको थियो ।

उनलाई सरकारी अस्पताल हमादमा करिब तिन महिना आइ.सि.यु मा राखेर उपचार गरेपछि उनको आँखा खुलेको छ । गम्भिर चोटका कारण उनी अहिले पनि बोल्न सक्दैनन् भने उनको देब्रे हात र देब्रे खुट्टा सुकि सकेको छ र चल्न पनि छोडिसकेको छ ।

तीन बर्षिय एक छोरा र गर्भवती श्रीमतिलाई घरमा छोडेर आएका उनको अर्को बच्चा उनी कतार आइपुगेपछि जन्मिएको छ ।

सहयोग गर्न चाहनेहरुले श्याम डिसीको नम्वर ००९७४,६६७२२३७० मा सम्पर्क गर्न सक्नुहुन्छ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय