छुट्टीमा जाँदै विवाह गर्दै, ५ मध्ये तीन श्रीमति अस्पतालमा

कुवेत र ईराकमा काम गर्ने नवलपरासिका एक युवाले ५ पटक विवाह गरेका छन । उनी कुवेतबाट छुट्टी जादै विवाह गर्दै गरेको रहस्य खुलेको छ । नवलपराशी दिब्यपुरि ६ का प्रेम बहादुर परियारले यो कारनामा गरेका हुन ।

अविवाहित भन्दै झुक्याएर ५ वटी बिहे गर्ने एक व्यक्ति दुर्घटनामा गम्भीर घाइते भएपछि फन्दामा परेका छन् । उनका २ श्रीमती भने उनको अवस्थाबारे बेखबर छन् । वैदेशिक रोजगारका लागि कुबेत र इराक जाने दिव्यपुरी ६ का ३५ वर्षिय प्रेमबहादुर परियार साताअघि मोटरसाइकल दुर्घटनामा परेका थिए । घाइते भएपछि उनका ३ श्रीमती स्याहार्न पुगे । त्यसपछि उनले विदेशबाट फर्केपिच्छे बिहे गर्दै आएको खुलेको हो ।

पाल्पाको मिसन अस्पतालमा उपचार क्रममा ३ श्रीमतीबीच भेट भयो । प्रेमले बिहे गर्दै माइतीमा छाड्दै गरेका रहेछन् । पहिलोपटक त्यहीं भेट भएका सौता(सौताले सल्लाह गरेर आफ्ना पतिले अन्य चेली बर्बाद नपारून् भनी प्रहरीमा उजुरीसमेत गरे ।

विदेशबाट आउँदा २ ४ साता सम्पर्कमा आउने र ठूला आश्वासन दिँदै हिंड्ने गरेकाले आस लागेको उनीहरूले सुनाए । सधैं अर्कोपटक आउँदा घर बनाउँछु र तिमीलाई लैजान्छु भन्दै झुक्यायो, पत्नीमध्येकी एक देवीले सुनाइन् । साताअघि पोखराको नदीपुरमा रहेकी कान्छी पत्नी अनुपालाई लिन गएका थिए । अनुपा अरू पत्नी रहेको थाहा पाएर आउन मानिनन् ।

त्यसपछि मोटरसाइकलमा स्याङ्जा, पाल्पा हुँदै घर फर्कने क्रममा दुर्घटनामा परेका थिए । प्रहरीले श्रीमतीको मागबमोजिम उपचार र थुनाका लागि घरनजिकको इलाका प्रहरी कावासोतीमा अड्डासार गर्दै शनिबार बुझाइदियो । श्रीमानको पाल्पा मेडिकल कलेजमा उपचार हुँदाहुँदै कारबाही माग गरेर निवेदन दर्ता गराएका हुन् । उनले एउटै गाउँका २ युवतीलाई पनि बिहे गरेको ३ वटीले ७ वर्षपछि मात्र थाहा पाए । प्रहरीले अड्डासार गर्दै कावासोतीमा बुझाएपछि उनी प्रहरी निगरानीमा नवलपुर अस्पतालमा छन् ।

उनका ३ श्रीमतीले न्याय पाऊँ भन्दै प्रहरी र माइती नेपालमा उजुरी दिएका छन् । उनले २०५६ असोजमा घर नजिककी सुनिता परियारसँग बिहे गरे । सुनिताले केही समय भारतमा लगेर राखेको बताइन् । त्यसपछि भैरहवा र काठमाडौंमा होटल सञ्चालन गरेर केही वर्ष बिताए । गर्भसमेत लोग्नेको करले फालेको र अर्को सन्तान नभएको उनले सुनाइन् ।

त्यसपछि आफ्नै वडाकी देवी परियारसँग २०६० असारमा बिहे गरेर उनलाई माइतीमा बस्न भने । उनीबाट ११ वर्षकी छोरी छन् । आफू सधैं वैदेशिक रोजगारीका लागि विदेश हुने बताएकाले कुरेर बसेको उनले सुनाइन् । रोजगारीमा दक्षिण अप्रिmका छु भन्दै फोन गर्ने प्रेमले पोखराकी अनुपासँग २०७० जेठमा विवाह गरेका थिए । कान्छीलाई दिव्यपुरी नगरपालिका १ बाट नागरिकता बनाइदिएका छन् । अन्य २ श्रीमतीको विवाहदर्ता गरेका छन् ।

उनकी जेठी श्रीमती सुनिताले चोरमारा र दुम्कीबासबाट कुमार केटो भन्दै बिहे गरेर २ युवतीलाई अलपत्र पारेको सुनाइन् । ती २ लाई दुर्घटनाबारे जानकारी छैन, उनले भनिन् । विदेशबाट फर्केपछि हरेकपल्ट नयाँ बिहे गर्ने तर नभित्र्याउने गरेको उनले सुनाइन् । सुनिताका अनुसार उनले आफ्ना नाममा रहेको दिव्यपुरीको ३ कट्ठा जग्गा र एउटा मोटरसाइकलसमेत दिदी सीता परियारका नाममा राखेका छन् ।

अंश माग्दा दिदीका नाममा रहेको र छिट्टै तिम्रा नाममा दिन्छु भन्दै झुक्याउँदै आएको उनीहरूको गुनासो छ । डीएसपी नवराज अधिकारीले कारबाहीका लागि ३ वटी श्रीमतीले आइतबार सँगै आएर निवेदन दर्ता गराएको जानकारी दिए । पहिला उपचार अनि कारबाहि हुन्छ, उनले भने ।

कान्तिपुरबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: