युएईमा कारबाट सामान चोर्न खोज्ने एक नेपाली पक्राउ

सारजहाँ-सरजहाँ प्रहरीले एक ३१ बर्षे नेपालीलाई पक्राउ गरेको छ । उनलाई मरभूमिको बीचमा पार्क गरिएको कारबाट सामान चोर्न खोजेको अभियोग लगाइएको छ । खलिज टाइम्सका अनुसार प्रहरीले ति व्यक्तिको व्यवहार शंकास्पद लागेर उनको निगरानी गरिरहेको थियो । पक्राउ परेका समयमा उनले कालो रंगको सर्ट लगाएका थिए भनें टाउको पनि ढाकेको समाचारमा जनाइएको छ ।

केहि समयको निगरानीमा ति व्यक्तिले पार्किंग गरिराखेको एउटा कारको ढोका खोल्न खोेजेका थिए । एउटा कारको ढोका खोल्न नसकेपछि उनले अर्को कारको ढोका खोल्ने प्रयास गरेका थिए । सो कारको झ्याल पुरा नलगाइएका कारण उनी झ्यालबाट भित्र पसेका थिए ।

त्यसपछि उनलाई प्रहरीले पक्राउ गरी प्रहरी चौकीमा ल्याएको हो । उनले प्रहरीसामु आफुले कारबाट सामान चोर्न खोजेको र यसअघि पनि यसरी चोरी गर्ने गरेको स्वीकारेको प्रहरीको भनाई छ ।

उनलाई हिरासतमा राखिएको छ र थप कारवाहीका लागि प्रकृया अघि बढेको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: