नेपाली महिला यौन व्यवसायका लागि दुवई ल्याइएका छैनन्ः युएई

अबुधावी- युएईले हजारौं नेपाली महिलालाई मानव तस्करहरुले भारतको बाटो हुँदै युएईको दुवई पुर्याएको भन्ने हालै सार्वजनिक समाचारको खण्डन गरेको छ । युएईलाई हालसम्म कुनै त्यस्तो जानकारी नभएको र उजुरी समेत नपरेको युएईका सरकारी अधिकारीले दावी गरेका छन् ।

अघिल्लो हप्ता भारतको केन्द्रीय अनुसन्धान व्यूरो(सिबिआई) ले ६ हजार देखि ८ हजार नेपाली महिलालाई भारतको बाटो भएर मानव तस्करले युएईको दुवई पुर्याएको र तिनिहरुलाई यौन व्यवसायमा लगाइएको दावी गरेको थियो ।

‘सिविआईको नेतृत्वमा विभिन्न अन्तराष्टिय संघसंस्थाको संलग्नतामा गरिएको अध्ययनमा संगठित रुपमा मानव तस्करहरुले नेपाली महिलालाई दुवई पुर्याएको र यौन व्यवसायमा लगाएको भेटिएको छ । यसका लागि भारतको इन्दिरा गान्धि अन्तराष्टिय विमानस्थलको बाटो प्रयोग भएको छ’ टाइम्स अफ इण्डियाले गत मंगलवार सिबिआइको रिपोर्टलार्ई उधृत गर्दै छापेको समाचारमा उल्लेख गरिएको थियो ।

UAE 1

युएईको मानव तस्करी विरुद्ध कृयाशिल राष्टिय समितिका संयोजक डा. सइद अल गुफ्लीले भारतले अघि सारेको तथ्याँकको विश्वसनियतामा शंका गर्दै यो पुष्टि नभएको कुरा बताएका छन् । उनले यसका बारेमा युएईमा रहेको नेपाली दुतावासले पनि कुनै रिपोर्ट नगरेको र कुनै जानकारी समेत नमागेको बताएका छन् ।

डा. गुफ्लीले भनेका छन् ‘त्यस्तो कुनै रिपोर्ट प्राप्त छैन र नेपाली दुतावासले पनि यसबारेमा अहिले सम्म एउटा घटना पनि जानकारी गराएको छैन । किन उनीहरुले सञ्चारमाध्यमलाई जानकारी दिन्छन् र हामीलाई दिंदैनन् ?’

‘यदि कोहि महिला एक्लै आएर यहाँ यौन धन्दा गर्न चाहन्छन् वा गरिरहेका छन् भनें यो फरक विषय हो’ उनले भनेका छन् । दुतावास वा अन्य कोहिसँग यस्तो सुचना भएमा तुरुन्त सम्वन्धित निकायमा जानकारी गराउन उनले आग्रह समेत गरे । दुतावास पनि यस्ता घटना नहुन् भन्ने चाहन्छ र यस्तो कार्यको विरुद्धमा मिलेर लड्न चाहन्छ भनें लिखित जानकारी सम्वन्धित निकायमा दिनुपर्र्छ गुफ्लीले भने ।

UAE picture

यसअघि सीबिआईले तयार पारिएको रिपोर्टमा ‘नेपालबाट लगिने युवतिहरुको टिकट केन्याको नैरोविका लागि काट्ने, उनीहरुलाई दुवईको बाटो हुँदै जाने व्यवस्था मिलाउने र अन्त्यमा दुवईमा उत्रिएपछि होटलको बुकिंग तथा टिकट रद्ध गरी दुवईमै राख्ने गरिएको’ जनाइएको थियो ।

‘त्यसरी लगिनेहरुलाई मानव तस्करहरुले इन्दिरा गान्धि अन्तराष्टिय विमानस्थल, दिल्ली हुँदै लैजाने गरेको भेटिएको छ र उनीहरुलाई दुवईमा यौन व्यवसायमा लगाइएको छ’ रिपोर्टलाई उधृत गर्दै टाइम्स अफ इण्डियाले लेखेको थियो ।

युएईको फेडरल नेशनल काउन्सील च्याम्वरकी सदस्य डा.मोना अल बहारले त्यस्ता कुनै घटनामा नेपाली महिला संलग्न भएको रिपोर्ट आफुहरुसँग नआएको बताइन् । दुवई फाउण्डेसनका तर्फबाट महिला, बालबालिकाको क्षेत्रमा काम गर्दा आक्कलझुक्कल बाहेक नेपाली महिलासँग सम्वन्धित घटना नआएको उनको भनाई छ ।

‘युएईमा यस्ता अपराधका बारेमा प्रष्ट कानून छ’ उनले भनिन् ‘यदि उनीहरु तस्करको जालोमा परेर आएका छन् भनें उनीहरुको सुरक्षाको जिम्मा युएईकोे हुन्छ । तर भारतको रिपोर्ट कत्तिको विश्वसनिय छ त ? किनकी हामीले अहिलेसम्म यस्तो घटनाका बारेमा सुनेकै छैनौ ।’

यदि ति महिला यौन व्यवसाय गर्ने उद्धेश्यले नै आएका नै भएपनि युएईको कानूनले उनीहरुलाई पीडितका रुपमा लिंदै उनीहरुको सुरक्षा गर्ने डा. अल बहारको भनाई छ । कोहि पनि महिला त्यसै यस्तो काममा नलाग्ने भन्दै उनले ति महिलालाई पीडितका रुपमा नै लिइने बताइन् ।

दिल्लीको बाटो भएर त्यसरी महिलाहरु दुवई ल्याइने गरिएको हो भनें भारतले यसमा कडाई गर्नुपर्ने उनको धारणा छ । यदि नेपाली महिलाहरु यसरी ल्याएका हुन् भने यसले मानव तस्करीलाई रोक्न र यसका विरुद्धमा लड्न भारतको प्रयास अझ कम भएको देखिएको डा. अल बहारले बताइन् । त्यसको प्रत्याभूति भारतले गर्नुपर्छ उनको भनाई छ ।

UAE 4

युएईमा रहेको नेपाली दुतावासले मानव तस्करीको समस्या रहेको भएपनि सीबिआईको रिपोर्टमा संशय व्यक्त गरेको छ । ‘नेपाली महिलालाई युएई ल्याउन तस्करको ठूलो जालो सक्रिय छ’ युएईका लागि नेपाली राजदुत धनञ्जय झा ले भने ‘त्यसका लागि भारतको अध्यागनमा समेत प्रतिव्यक्तिका हिसावले घुस खुवाउने गरिन्छ ।’

त्यसरी लगिने महिला भारतको बाटो मात्र नभएर नेपालकै बिमानस्थलबाट समेत ल्याइने गरेको राजदुत झाले बताए । ‘म त्यसरी ल्याइएका सवै महिला यौन व्यवसायको उद्धेश्यले नै ल्याइएका हुन् भन्न सक्दिन’ राजदुत झा ले भने ‘किनकी उनीहरुलाई व्यूटी पार्लर, क्लिनर, डान्स बारहरुमा नर्तकी तथा घरेलु कामदारको रुपमा समेत काम लगाइएको पाइएको छ ।’

डान्सबारहरुमा काम गर्नेहरुले भनें यौन व्यवसाय पनि गरिरहेको र त्यसरी काम गर्नेहरु नेपाली मात्र नभएर अन्य देशका युवती समेत भएको राजदुत झाले बताएका छन् । त्यसरी आउनेहरु अन्य कामको वैध कागजात सहित आउने गरेको र कतिपय यौन व्यवसायमा संलग्न हुने गरेको उनको भनाई छ ।

यसलाई रोक्नका लागि नै नेपालले हाल पर्यटक भिसामा समेत दुवई आउन कडाई गरिएको बताए । युएईमा रहेको भारतीय दुतावासले भनें आफूहरुलाई लिखित रिपोर्ट प्राप्त नभइसकेको भन्दै यसबारेमा प्रतिकृृया दिन मानेन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: