दुवई- एक बस चालकले एक महिलालाई घरसम्म लगिदिने भन्दै लिफ्ट दिएर पछि बन्धक बनाई बलात्कार गरेको घटनाका बारेमा आइतवार दुवईको अदालतमा सुनुवाई भएको छ ।
ति बस चालक ४१ बर्षिय पाकिस्तानी नागरिक भएको बताइएको छ । उनले ति युगाण्डाली महिलालाई आफु सिआइडीको अधिकारी भएको तथा ति महिला गैरकानूनी रुपमा बसिरहेको शंका लागेर चेकजाँच गर्ने भन्दै रोकेको खालिज टाइम्सको समाचारमा जनाइएको छ ।
उनले ति महिलालाई आफ्नो गाडीमा हालेर अल मनामाको मरभूमिमा पुर्याएर बलात्कार गरेको अभियोग लागेको छ । ति व्यक्तिले बलात्कार पश्चात ति महिलाको मोवाइल फोन तथा व्याग खोसेको समेत बताइएको छ ।
त्यसैले ति बस चालकलाई बन्धक बनाएको, बलात्कार गरेको र नक्कली प्रहरी भएको तीनवटा अभियोगमा दण्ड दिन अदालत समक्ष माग गरिएको छ । एक अन्तराष्टियस्तरको खाद्यान्न बेच्ने कम्पनीमा विक्रेताको रुपमा कार्यरत ति २८ बर्षिय महिलाले राती ड्युटी सकेर आफु ट्याक्सी पर्खेर बसिरहेको अवस्थामा ति व्यक्ति मिनिबस लिएर आएको बताएकी छिन् । उनका अनुसार ति व्यक्तिले उनी नजिकै आएर बस रोकेका थिए ।
‘उसले मलाई आफनो गाडीमा हालेर लग्यो, केहि टाढा पुर्याएपछि मेरो व्याग र फोन खोस्यो तथा आफू सिआइडीको व्यक्ति भएको बतायो’ ति महिलाले भनेकी छिन् ।
त्यसपछि उसले ति महिलालाई दुव्र्यवहार गर्न सुरु गरेको थियो । उनले आफूलाई छोडिदिन भन्दै २ सय दिराम दिन खोजेको बताएकी छिन् । तर सो व्यक्तिको पञ्जाबाट आफु अम्किन नसकेको र बलात्कृत भएको उनले अदालतसामु बताएकी छिन् ।
त्यसपछि गाडीमा राखेर फर्काउने क्रममा पनि सो व्यक्तिले पटक पटक गाडी रोक्दै आफुसँग राजीखुसीपूर्वक यौनसम्पर्क राख्न दवाव दिएको उनको भनार्ई छ । तर आफुले आत्महत्या गर्ने धम्की दिएपछि सो व्यक्तिले सुरुमा लगेको ठाउँमा नै ल्याएर आफूलाई छोडिदिएको ति महिलाले बताइन् । त्यहाँ आएपछि उनको मोवाइल फोन र व्याग समेत सो व्यक्तिले फिर्ता दिएको उनको भनाई छ ।
अभियुक्तलाई प्रहरीले पछि पक्राउ गर्न सफल भएको थियो । सो व्यक्तिले अपहरण र बलात्कार गरेको प्रहरीमा स्वीकार गरिसकेको प्रहरीले बताएको छ ।