
काठमाडौं-फेसबुका सीइओ मार्क जुकरबर्गले एउटा ठूलो धम्कीको खुलासा गरेका छन् । फ्रान्सको एक म्यागेजिनको कार्यालयमा भएको ठूलो हमलापछि उनले आफूलाई आएको धम्कीका बारेमा बोलेका हुन् ।
केहि बर्ष अघि उनलाई पाकिस्तानका एक आतंककारीले पैगम्वर मोहम्मदका बारेमा कुनै कुरा लेख्न वा फोटो प्रकाशित गर्न नमिल्ने नबनाएमा ज्यान मार्ने धम्की दिएको उनले खुलासा गरेका छन् । हुन त उनले सो आतंकवादी संगठन कुन थियो भनेर जुकरबर्गले सार्वजनिक गरेका छैनन्, तर सो संगठन पाकिस्तानको रहेको भनिएकोमा जुकरबर्गको आलोचना सुरु भएको छ ।
जुकरबर्गका एक फलोअरले एक व्यक्तिका कारण सिंगो देशलाई बदनाम गर्न नमिल्ने भएको भन्दै गुनासो गरेका छन् । यसको जवाफमा जुकरबर्गले गुनासोलाई जायज भन्दै लेखेका छन्ः मेरा धेरै पाकिस्तानी साथिहरु छन् जो असल छन् । सवै पाकिस्तानी त्यस्ता छैनन् जसले मलाई मार्ने धम्की दिएका थिए ।
फेसबुक त्यस्तो सार्वजनिक मञ्च हो जहाँ सवैले आफुलाई लागेको कुरा लेख्न पाएका छन् उनले भनेका छन् ।
जुकरबर्गले भनें धम्की पाएपनि आफुले आफ्नो काम भनें नरोकेको बताएका छन् ।