विवरण नबुझाउने मेनपावरलाई कारबाही गरिने

काठमाडौं, २७ पुष– वैदेशिक रोजगार विभागले मेनपावर व्यबसायीलाई विवरण बुझाउन तेस्रोपटक दिएको म्याद आज सकिदैछ ।

विभागले इजाजतपत्र नविकरण सम्बन्धि कागजात, व्यबसायी संस्थाको प्रमुख, कर्मचारीको संख्या र नामावली, शाखा र एजेन्टको विवरण, तीन बर्षदेखिको आर्थिक कारोबार, श्रमिक पठाएको देश र उनीहरुको विवरण माग गरेको थियो । विभागले यस अघि पनि मंसिर ९ र पुष २ गते विवरण बुझाउन सुचना जारी गरेको थियो ।

सुचना अनुसार मेनपावर व्यबसायीले बिबरण नबुझाएपछि अन्तिमपटकका लागि सुचना निकालिएको विभागका प्रबक्ता बद्रि कार्कीले बताए । अब पनि बिबरण नबुझाउने मेनपावर एजेन्सिलाई कारबाही गरिने उनको भनाई छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय