२० जना छानिए कतारमा

कतार- प्रवासी नेपाली सांगितिक परिवार कतार र समाज सेवा अभियान रुपन्देही कतारको संयुक्त आयोजनामा कतारको दोहामा चलिरहेको गायन प्रतिभा खोजी कार्यक्रम (प्रवासी नेपाली सिङ्गिङ आईडल कतार २०१४ को तेस्रो छनौट कार्यक्रम शुक्रबार दोहामा सम्पन्न भएको छ ।

दोश्रो चरणबाट २० जना प्रतिस्पर्धी तेश्रो चरणका लागि छानिएका छन् । शुक्रवार दोस्रो चरणबाट छानिएर आएका २९ जना मध्ये २८ जना प्रतियोगीहरुले आफ्नो कला प्रस्तुती गरेका थिए भने दुई जना प्रतियोगी अनुपस्थित रहे । दोस्रो चरणमा सहभागी हुन नसकेका एक प्रतियोगिले आजै आफ्नो पहिलो प्रस्तुती दिए र उनी तेस्रो राउण्डमा पनि प्रवेश गर्न सफल भए ।

Qatar Singing Idol 1

छनौट कार्यक्रम प्रवासी नेपाली मञ्चका अध्यक्ष रामहरी गैरेको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । निर्णायकहरुमा सन्तोष परियार, दिनेश लिम्बु तथा देबिका केसी रहेका थिए ।

त्यस्तै कार्यक्रममा शिव गौतम, राकेश चाम्लिङ, देव न्यौपान तथा बिमल गुरुङले पर्यवेक्षकको भूमिका निभाएका थिए ।

उक्त छनौट कार्यक्रम बाट २० जना प्रतियोगीहरु अर्को चरणका लागि छानिएका छन । छनौट भएकाहरुको नामावलीः

१ बिजय भण्डारी २ रबिन सिवा ३ केशव तामाङ ४ छवि राजकोटी ५ सारुक सुन्दास ६ दामोदर न्यौपाने ७ शुभराज राई ८ मधु लामा ९ सुबेन्द्र राई १० ललित कु. लिम्बू ११ अमृत कुरुवाङ लिम्बू १२ सुमन मगर १३ शेर ब. लिम्बू १४ राम कु. बान्तवा राई १५ अर्जुन खरेल १६ कबिन गुरुङ १७ दिल कु. बि.क. १८ ज्योती गुरुङ १९ पिन्की थापा २० रेशम गुरुङ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय