दुवईमा उँटलाई ‘स्पोर्टस् वियर’

दुवई, खाडीका मुलुकमा उँटको महत्व बेग्लै हुन्छ । त्यसमा पनि शौखिनहरुले आफ्ना उँटको हेरचाहमा विशेष ख्याल नै गर्छन् । उँटको सुन्दरी प्रतियोगिता देखि विभिन्न प्रतियोगिता यहाँका धनी र शौखिनको शानको विषय पनि हो ।

त्यसैले युएईमा उँट र घोडाका लागि निक्कै आकर्षक कपडा बनाउने गरिन्छ । युएईको एलशिबला कम्पनी त्यस्ता कपडा बनाउन निक्कै प्रख्यात छ ।

हालै सो कम्पनीले उँटका लागि खेलाडीले लाउने खालकोे विशेष पोशाक सार्वजनिक गरेको छ । यो पोशाकलाई निक्कै मन पराइएको छ ।

कम्पनीका अनुसन्धान प्रमुख एनी वाल्टरका अनुसार संसारभरका घोडादौडमा सहभागि हुने घोडाहरुलाई एक विशेष प्रकारको कपडा लगाइदिने चलन छ जसले घोडा राम्रोसँग दौडने गर्दछन् ।

त्यहि अनुसन्धानका आधारमा उँटलाई पनि सोही प्रकारको विशेष पोशाक तयार पारिएको हो ।

नयाँ पोशाकले उँटको रक्त संचार राम्रो हुने र अक्सिजन समेत धेरै पाउने समाचारमा जनाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: