टिकट र पासपोर्ट पाए पुग्छ, हामी यो कतारबाट निस्कन चाहन्छौं (भिडियो)

कतार धेरैका लागि पैसा कमाउने ठाउँ । सुनेको तर कहिल्यै नदेखेको देश । तर सोचेजस्तो छैन कतार सवैका लागि । थोरैका लागि पैसा फल्ने ठाउँ हो तर धेरैका लागि दुःखको सागर ।

मरभूमिको देश । त्यहाँ जति सुख्खा छ माटो, कतार धेरैजसो आप्रवासी कामदारका लागि उत्तिकै रुखो ठाउँ हो । सहनै मुस्किल पर्ने गर्मीमा घण्टौं काममा जोतिनेहरुलाई थाहा छ, कतारको दुःख ।

त्यहि कतार जहाँ धेरै तलवको प्रतिवद्धता सहित नेपालबाट मेनपावर कम्पनीहरुले कामदार पठाउँछन् । सुचनाको अभावमा पुग्छ एउटा नेपाली पैसा कमाउने सपना सहित । तर दोहाको विमानस्थलमा उत्रिएपछि थुप्रैको सपना भंग भइसक्छ । तर उसँग अव चुकचुकाउन बाहेक धेरै बाँकी रहन्न ।

पैसा फसेको हुन्छ, त्यो भन्दा धेरै फस्छ उ । कतार जहाँ पस्न त आफ्नो ईच्छाले सकिन्छ तर निस्कन आफ्नो मात्र इच्छाले पाइन्न । न रोजगारदाता फेर्न सकिन्छ, न त फर्कन नै । त्यसैले कोहि कबोलेको समय जसोतसो कटाएर फर्किन्छन्, कोहि भागेर अवैधानिक भएर अझ दुःख पाउँछन् अनी कसैको लास फिर्ता हुन्छ बाकसमा बन्द भएर ।

त्यसैले कतार धेरै नेपालीका लागि दुःखको सागर मात्र होइन चिता पनि हो । त्यो चिता अझ धेरै नेपाली पर्खेर बसेको छ ।

हेर्नुहोस् गार्जियनले बनाएको बृत्तचित्र, जुन अहिले पनि उत्तिकै सान्दर्भीक छ

https://www.youtube.com/watch?v=e5R9Ur44XV8

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: