
– कुवेतमा १० हजार भन्दा धेरै घरेलु कामदारले आफूहरुलाई रोजगारदाताले शारिरीक र मानसिक यातना दिएको तथा तलब नदिएको भन्दै उजुरी गरे ।
– साउदी अरबमा ५६ हजार भन्दा धेरै इण्डोनेसियाली घरेलु कामदार आफु काम गर्न गएको रोजगारदाता छोडेर भागे । उनीहरुलाई इण्डोनेसियामा हुँदा भनिएको तलव र सुविधा दिइएन र दुःख दिइयो । त्यसलाई सहन नसकेर उनीहरु भागे ।
– खाडीका मुलुकमा १८ लाख ४१ हजार ९ सय ३६ जना घरेलु कामदार रहेको तथ्याँक छ । यो कानूनी बाटो भएर काम गर्न गएकाहरुको तथ्याँक हो । गैरकानूनी बाटोबाट जानेहरुको संख्या थप्दा यो धेरै ठूलो हुन आउँछ । तर गैरकानूनी रुपमा गएकाहरुको अनुमान मात्र गर्न सकिन्छ ।
तर त्यसरी गएका मध्ये कति प्रतिशतले भनेको तलव पाएका छन् ? कति प्रतिशतले स्वतन्त्रतापूर्वक हिंडडुल गर्न पाएका छन् ? के यसबारेमा सोधिखोजि गरिएको छ त ? छैन ।
आइएलओको पछिल्लो प्रतिवेदनले खाडीका मुलुकमा घरेलु कामदार महिलालाई बाध्यकारी श्रमका लागि बाध्य पारिएको उल्लेछ छ । खाडीका मुलुकमा डरलाग्दो गरी बढेको आप्रवासी कामदार अझ खासगरी घरेलु कामदारको आत्महत्याको दरले त्यहाँ रहेको शोषणको चर्को रुपलाई प्रष्ट बनाएको आइएलओले जनाएको छ ।
चर्को शोषणका बीच भाग्न सफल भएकाहरुलाई समेत पक्राउ गर्ने, जेल हाल्ने र धेरै ठूलो जरिवाना पश्चात देश निकाला गर्ने खाडीका मुलुकको व्यवहार सह्य नभएको भन्दै श्रमिकको अधिकारका लागि कृयाशिल संघसंस्थाले खाडीका मुलुकमा आधुनिक दासत्व रहेको भन्दै त्यसको अन्त्यका लागि आवाज उठाइरहेको माइग्रेण्ट राइट्स डट ओआरजीले लेखेको छ ।