जव उनी १३ बर्ष कतारको जेलमा बसेर घर पुगे ..

सिरहा, मृत्युलाई जितेर चन्द्रशेखर यादव १३ वर्षपछि कतारबाट बेल्हा ७ लक्ष्मीनियास्थित घर बिहीबार बिहान ६ बजे पुगे । उनी बसबाट आफ्नो गाउँमा झर्नेबित्तिकै कान्छो छोरा विवेककुमार र भतिजा रन्जित लिन चोकमा पुगेका थिए । तर छोरालाई उनले चिन्न सकेनन् र भतिजाले बाबुछोराको चिनाजान गराइदिएका थिए । छोरालाई चिन्न नसक्दा चन्द्रशेखर भावुक बने । उनी घर टेक्दा हर्षोल्लास भएको थियो । चन्द्रशेखरलाई देख्नासाथ भाउजू रामकुमारीदेवीले अँगालो हालेकी थिइन् । उनलाई देखेर सबैका आँखामा हर्षका आँसु आएको थियो । लामो समयपछि मृत्युलाई जितेर आएका देवरलाई रामकुमारीले फूलमालासँगै टीका लगाइदिएकी थिइन् र श्रीमती रामदुलारीले आरती गरेकी थिइन् । पत्नी रामदुलारीदेवी भने पति काठमाडौं आएदेखि व्रत बसेकी थिइन् । बुधबार राति पनि उनले अरूलाई खाना खुवाएर सुताएकी थिइन् । तर रातभर कसैलाई निद्रा नलागेको उनले सुनाइन् । घरका सबै चन्द्रशेखरलाई हेर्न आतुर थिए । १३ वर्षपछि घरमा पाएका श्रीमानलाई अब कुनै देश जान नदिने र यहीं आपmनै गाउँठाउँमा दुःखसुख गरेर जीवन गुजारा गर्ने उनले बताइन् । चन्द्रशेखरले खाडीको मुलुकबाट घृणा लागिसकेको र अब विदेश नजाने बताए । चन्द्रशेखरलाई भेट्न गाउँले, नाताकुटुम्ब लगायत आपmन्त आउने क्रम चलिरह्यो । उनका छिमेकी ६० बर्षिय रामप्रसाद यादवले चन्द्रशेखर फर्केर आउने आफूहरूलाई विश्वासै थिएन तर कसैको नबिराएकाले आज फर्केर आउँदा हर्षको सीमा नरहेको बताए । उनको घर फिर्तीले गाउँभरि चहलपहल बढेकाले गाउँभरि रौनक छाएको देखियो । उनको आगमनले गाउँमा खुसियाली छाएको देखियो । चन्द्रशेखरले इन्डोनेसियन मिमी नामकी केटीलाइृ बलात्कार गरेर हत्या गरेको आरोप आफूहरूमाथि लगाइएको तर कतारबाट गइसकेको एयरपोर्ट र इमिग्रेसनको रिपोर्टले देखाएको अवस्था रहेको बताए । उनले इन्डोनेसियन राजदूताबासले आपmनो देशको मिमी नामको कुनै केटीको हत्या नभएको लिखित कतारको अदालतलाई दिए पनि आफूमाथि लगाइएको झूटा मुद्दा लगाइएको गुनासो पोखे । उनले आफूमाथि लगाइएको झूटा मुद्दा लगाएर अमानवीय व्यवहार गरेकाले मानव अधिकार आयोगमा मुद्दा हाल्ने बताए । उनले आफूले मानव अधिकारमा मुद्दा हालेर आफूजस्तै अन्य नेपाली र अन्य देशको नागरिकमाथि यस्तो अन्याय नहोस् भनेर न्यायका लड्ने बताए । उनले आफूले चलाउने मानव अधिकार हननको मुद्दामा सरकारलाई सहयोग गर्न आग्रह गरे । कान्तिपुरबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: