साउदीलाई नयाँ शर्तः घरेलु कामदार चाहिए ४६ हजार तलव देउ

काठमाडौं- इण्डोनेसियाको सरकारले साउदी अरबका रोजगारदाताले नयाँ शर्त मानेमा मात्र घरेलु कामदार पठाउने प्रष्ट पारेको छ । इण्डोनेसियाको सरकारले साउदीमा घरेलु कामदार पठाउना लागि मासिक १७ सय रियाल(झण्डै ४६ हजार) तलव, साप्ताहीक विदा र ओभरटाइमको व्यवस्था हुनु पर्ने माग गरेको छ ।

साउदी अरबको भ्रमणमा गएका इण्डोनेसियाली अधिकारीहरुले साउदीका अधिकारीहरुलाई यस्तो शर्त राखेका हुन् । नियमित तलव १७ सय रियालसँगै विदाको दिन काम गरेको थप १ सय रियाल दिनुपर्ने माग गरिएको छ । अन्य दिन नियमित समय भन्दा बढी काम लगाएमा प्रतिघण्टा ६ रियालका दरले ओभरटाइम दिनुपर्ने समेत शर्त राखिएको छ ।

साउदी अरबले भनें १२ सय रियाल मासिक तलव दिन सहमति जनाएको छ । यदि नयाँ शर्त मानिएमा थप १२ सय रियाल भार पर्ने भन्दै त्यसमा सहमति जनाउन साउदीले आनाकानी गरेको छ ।

इण्डोनेसियाका लागि साउदीका राजदुत मुस्तफा अल मुवारकले भने तलवको विषयले घरेलु कामदारको प्रतिवन्ध नरोकिएको दावी गरेका छन् । उनले भने यसका लागि इण्डोनेसियाली सरकारले प्रतिववन्ध फुकुवा नगरेका कारण निर्णय हुन नसकेको हो ।

उनले यस अघि नै दुई देशका श्रम मन्त्रीहरुले सम्झौता पत्रमा राखिने शर्त सहितको सम्झौतामा हस्ताक्षर गरिसकेका छन् । उनले इण्डोनेसियाको अन्तरिक समस्याका कारण प्रतिवन्ध फुकुवा हुन नसकेको भन्दै त्यसमा साउदी अरबले केहि गर्न नसक्ने बताए ।

विशेष गरी इण्डोनेसियाका सञ्चार माध्यमहरुले महिला माथि हुने गरेका हिंसाका घटनालाई अघि सार्दै सुरक्षाको विषयलार्ई उठाएर सरकारलाई दवाव सिर्जना गरिरहेका छन् अल मुवारकले भनेका छन् ।

साउदी भ्रमणका क्रममा इण्डोनेसियाली प्रतिनिधि मण्डललाई १२ सय रियाल तलवमा सहमत गराउन साउदी पक्षले निक्कै प्रयत्न गरेको थियो । इण्डोनेसियाली प्रतिनिधिमण्डलले धेरैवटा मेनवापर कम्पनीको साटो एकै कम्पनी मार्फत कामदार लिने व्यवस्था मिलाउने इच्छा समेत जाहेर गरेको अरब न्यूजको समाचारमा जनाइएको छ ।

House maid Qatar

साउदीका अधिकारीहरुले भनें अन्य देशहरुले समेत घरेलु कामदार पठाउन प्रतिवन्ध लगाउँदै गएकाले इण्डोनेसियाले धेरै ठूलो माग गरेको भन्दै रोष प्रकट गरेका छन् । एक अधिकारीले भने ‘न हामीलाई ईञ्जिनियर चाहिएको हो न सरकारी कर्मचारी । हामीले घरेलु कामदार खोजेका हौं जसका लागि दिनैै नसकिने तलब र सुविधाको प्रस्ताव गरिएको छ ।’ उनले अन्य देशहरुसँग समेत छलफल चलिरहेको भन्दै चाँडै समस्याको समाधान हुने अपेक्षा गरे ।

साउदी अरबमा आर्थिक र शारिरीक शोषणसँगै घरेलु कामदार महिलालाई चरम शोषण र यातना दिइएको घटनाहरु लगातार सार्वजनिक भएपछि नेपाल लगायत कामदार पठाउने सवैजसो देशले आफ्ना नागरिकलाई लैजान प्रतिवन्ध लगाइसकेका छन् । यसले साउदी अरबमा घरेलु कामदारको चर्को अभाव भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय