नर्सले बेहोस् बनाइन्, डाक्टर र सिपाहीले गरे बलात्कार

काठमाडौं, भारतको रायपुरको एक सरकारी अस्पतालमा सामुहिक बलात्कारको घटना सार्वजनिक भएको छ । सुपेलामा रहेको लाल बहादुर शास्त्री अस्पतालमा एक डाक्टर र दुईजना प्रहरीले एक विद्यार्थीलाई बलात्कार गरेका छन् । नर्सले एक युवतीलाई ईन्जिेक्सन दिएर बेहोस बनाएको मौका छोपेर तिनिहरुले बलात्कार गरेका थिए ।

प्रहरीका अनुसार जुन १९ मा ति युवती टाउकोमा चोट लागेर लाल बहादुर शास्त्री अस्पतालमा भर्ना भएकी थिइन् । राती नर्सले ति युवतीलाई सुत्न सजिलो बनाउन भन्दै ईन्जिेक्सन लगाएकी थिइन् । त्यसको मौका छोपेर सोही अस्पतालमा कार्यरत एक डाक्टर गौतम पण्ण्डितले सुरुमा ति युवतीलाई बलात्कार गरेका थिए । त्यसपछि दुईजना प्रहरीले समेत ति युवतीलाई बलात्कार गरेको समाचार दैनिक भास्करले लेखेको छ ।

घटना यतिमा मात्र सकिएन । त्यसपछि ति प्रहरी ति युवतीको पछि लागिरहे । उनीहरुले घटना सार्वजनिक गरिदिने भन्दै पटक पटक ति युवतिलाई पछि पनि बलात्कार गरिरहे । ति युवती क्याम्पसबाट फर्किने समयमा बाटोमा ढुकेर बस्ने ति प्रहरीहरुले उनलाई जवर्जस्ती लिएर जाने गरेको ति युवतीले बताएकी छिन् ।

गत मंगलवार पनि ति युवतिलाई जवर्जस्ती गर्न प्रहरीका ति दुई व्यक्ति पर्खेर बसेका थिए । उनीहरुले ति युवतीलाई रोकेर शहरमा यतायता घुमाउन र शारिरीक सम्पर्कका लागि बाध्य बनाउन थालेपछि उनले आफूले आत्महत्या गर्ने धम्की दिएपछि ति प्रहरी उनलाई छोडेर भागेका थिए ।

राती करिव ११ बजे चोकमा एक्लै उभिइरहेकी युवतीलाई देखेपछि नजिकैको एक कम्पनीकका कामदारले उनीसँग सोधपुछ गरेका थिए । सोही क्रममा ति युवतीले रुँदै आफ्नो घटना बताएपछि उनलाई ति कामदारले घरसम्म पुर्याइदिएका थिए । भोलीपल्ट बुधवार ति युवतीले प्रहरीमा लिखित उजुरी दिएकी छिन् । प्रहरी प्रमुखले घटनाको दोषिहरुलाई कडा भन्दा कडा कारवाही गर्ने प्रतिवद्धता जनाएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: