यातायात मजदुरले कन्टेनर सीडीओलाई बुझाई गिरफ्तारी दिने

काठमाडौं, २४ पुस– काभ्रे जिरो किलोको घटनामा निर्दोष यातायात मजदुरलाई गैरकानुनी थुनामा राखिएको भन्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले विरोध जनाएको छ । संगठनका महासचिब भिमज्वाला राईले बिहिबार एक बिज्ञप्ति जारी गर्दै पुस २६ गतेभित्र मजदुर तथा सवारी साधन क्षतिपुर्तीसहित नछाडिए अरनिको रुटमा सञ्चालित सम्पुर्ण ट्रक कन्टेनरहरु जिल्ला प्रशासन कार्यालयलाई बुझाई यातायात मजदुरहरुले प्रहरी कार्यालयमा गिरफ्तारी दिने अल्टिमेटम दिएका छन् । गएको पुस १८ गते जिरो किलो नजिकै स्थानीय युवा ज्ञानुराजा ठकुरीको मृत्युको घटनामा जिल्ला प्रहरी कार्यालय काभ्रेले चारवटा मिनि ट्रक तथा त्यसमा कार्यरत ६ जना चालक तथा सहचालकलाई अनुसन्धानका लागि भन्दै पुस १९ गते नियन्त्रणमा लिएको थियो । ठकुरीको मृत्यु दुर्घटनामा भएको कुरा जर्वजस्ती स्वीकार गर्न लगाई यातायात मजदुरलाई गैरकानुनी बन्दी बनाईएको उल्लेख गर्दै संगठनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । संगठनको बिज्ञप्तिमा भनिएको छ– ‘अनुसन्धानका नाममा मानसिक तथा शारिरिक यातना समेत दिई गैरकानुनी रुपमा थुनामा राखेको घटनाले राज्य निरंकुश बन्दै गईरहेको र जनताका सेवक भनिएका प्रहरी प्रशासन श्रमजीवीप्रति क्रुर बन्दै गैरहेको हाम्रो ठहर छ ।’ प्रहरीले बा २ ख ३३४१ का चालक धनबहादुर श्रेष्ठ, बा २ ख ४०५२ का चालक आनन्द थापा, ना ३ ख ७१२४ का चालक विनोद शेर्पा तथा सहचालक बच्चु अधिकारी, ना ४ ख ६४५८ का चालक निमा दोर्जे तामाङ र सहचालक पेम्वा शेर्पालाई नियन्त्रणमा लिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय