आप्रवासन सूचना तथा परामर्श केन्द्र स्थापना

धादिङ- वैदेशिक रोजगारीलाई सुरक्षित र उपलब्धिमूलक बनाउन सघाउने उद्देश्यले धादिङमा सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र स्थापना गरिएको छ । सुरक्षित आप्रवासन परियोजना (सामी) ले जिल्ला प्रशासन कार्यालयको परिसरमा सुचना केन्द्र स्थापना गरेको हो । सुचना केन्द्रको धादिङका प्रमुख जिल्ला अधिकारी वाशुदेव घिमिरेले बिहीबार उद्घाटन गरे ।

स्वीस सरकारको सहयोगमा श्रम तथा रोजगार मन्त्रालयको समन्वयमा संचालित सुरक्षित आप्रवासन परियोजना (सामी) ले चन्द्रज्योती एकीकृत ग्रामीण विकास समाज सिड्स धादिङसंग मिलेर परामर्श केन्द्र सञ्चालमा ल्याएको हो ।

सामी परियोजनाको ४ लाख ६६ हजारको लागतमा निर्माण गरिएको दुई कोठे परामर्श केन्द्रको उदघाटन कार्यक्रममा श्रम तथा रोजगार मन्त्रालयका उप सचिव देवराज ढकाल, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका शान्तवहादुर सुनार, हेल्भेटास नेपालका कन्ट्री डाईरेक्टर डाक्टर भरत पोखरेल, स्विस विकास नियोगका बरिष्ठ कार्यक्रम अधिकृत डाक्टर उषा भण्डारी, सामी परियोजनाका टिम लिडर सीता घिमिरेका साथै श्रम तथा रोजगार मन्त्रालयका सामी परियोजना कोअर्डिनेटर सूर्य भण्डारी उपस्थीत थिए ।

सुरक्षित आप्रवासन परियोजना जिल्ला तहमा कार्यान्वयन गर्न सघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयबीच समझदारी भएको श्रम तथा रोजगार मन्त्रालयका उपसचिव ढकालले जानकारी दिए । विसं २०७० साउन महिनादेखि कार्यान्वयनमा आएको सो परियोजनाका लागि स्विस विकास सहयोग नियोगले नेपाल सरकारलाई ८० करोड रुपैयाँ अनुदान सहयोग गरेको छ ।

उपचिव ढकालले वैदेशिक रोजगारीका लागि सुरक्षित आप्रवासन सम्बन्धी सूचना आदानप्रदान गर्ने र सूचनाको पहुँच बढाउन सूचना तथा परामर्श केन्द्र सञ्चालनमा ल्याइएको बताए । उनले पीडितको न्यायमा पहुँच बढाउने, वैदेशिक रोजगारबाट समस्यामा परेर फर्केकाहरुका लागि पुनःस्थापना गृह सञ्चालनमा ल्याउने लगायतका काममा सामी परियोजनाले सघाएको बताए ।

Information cenetr

वैदेशिक रोजगारीमा जान चाहनेलाई व्यावसायिक सीप तथा तालिम र परामर्श दिन एवम सुरक्षित आप्रवासन सम्वन्धि जानकारी प्रदान गर्न दाङ, कास्की, नुवाकोट, सिन्धुपाल्चोक, उदयपुर, सिरहा, महोत्तरी, सिन्धुली र झापा जिल्लामा श्रम तथा रोजगार मन्त्रालयले परियोजना संचालन गरिरहेको छ ।

त्यसैगरी स्विस विकास सहयोग नियोग अन्तर्गत हेल्भेटासले खोटाङ, सर्लाही, रामेछाप, नवलपरासी, सुनसरी, कैलाली , धादिङ, धनुषा र सप्तरीमा पनि सुचना केन्द्र छन् । धादिङ जिल्लामा सिर्डस धादिङ र आवाज अभियान नेपाल संस्था मार्फत परियोजना संचालनमा आएको छ । बैदेशिक रोजगारीमा धेरै ब्यक्तिहरु जाने पहाडी जिल्लामा धादिङ जिल्ला पनि अग्रस्थान रहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय