युएईको अस्पतालमा ब्रेन क्यान्सरसँग लड्दै नेपालीहरु

अलऐन – सल्यान दर्मकोटका कमल चन्द अहिले युएईको अल ऐनमा रहेकोे तवाम हस्पिटलमा ब्रेन क्यान्सरसंग लडिरहेका छन । दुई बर्ष अघि युएई आएर एक कम्पनीमा कार्यरत उनको स्वास्थ्यमा समस्या देखिएपछि एक महिना पहिले अबुधाबीमा रहेको अल नुर हस्पिटल लगिएको थियो ।

केहि समयपछी फेरी अबुधाबीमै रहेको खलिफा सिटि हस्पिटलमा उनलाई सारियो । उनलाई ब्रेन क्यान्सर भएको प्रामाणित भए पछि उनलाई अल ऐनमा रहेको तवाम अस्पतालमा रिफर गरीएको उनीसंगै रहेका चितवन मेघौलीका महेश गौतमले जानकारी दिए ।

क्यान्सरको उपचारको लागि युएईमै ठुलो मानिने यस हस्पिटलमा उनको अहिले रेडियोथेरापी पद्धती अनुसार टोमोथेरापी भैरहेको र निरन्तर छ हप्तासम्म उक्त पद्धती अनुसार उनको उपचार गरीरहनु पर्ने उनको उपचारमा संलग्न अनकोलोजिस्ट डाक्टरले बताएका छन् ।

उपचारको लागि इन्सुरेन्स कम्पनी र रोजगारदाता कम्पनीले सहयोग गरीरहेका भएपनि खानपिन लगाएत अन्य दैनिक कुराहरुमा चन्दलाई आर्थिक समस्या परेको छ ।

घरको स्थिति पनि नाजुक भएको तथा आमा, दुई छोरा र श्रीमती पनि उनैमा आश्रीत भएकोले सहयोगको लागि पहल गरीदिन चन्दलाई अस्पतालमै भेट्न पुगेका अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज यूएईका अध्यक्ष मोहराज शर्मा “मोहन”लाई अनुरोध गरेका छन् ।

उनीसंगै उक्त अस्पतालमा अन्य एक युवती र युवकले समेत क्यान्सरको उपचार गराइरहेका छन् । उनीहरुले आफ्नो नाम उल्लेख गरेर परिवारलाई पिडा दिन नचाहेको बताए ।

क्यान्सर पिडित नेपाली नागरिक चन्दको सहयोगको लागि इच्छुक मनकारी प्रवासी नेपालीहरुले अनेकस युएईका पदाधिकारी तथा प्रतिनिधिलाई सम्पर्क गरी अनेकस उद्धार कोष मार्फत सहयोग प्रदान गर्न अध्यक्ष शर्माले अपिल गरिसकेका छन् ।

सोहि अस्पतालमा क्यान्सरको उपचार गराइरहेका चन्द बाहेक अन्य नाम नखुलाईएका नेपालीहरुको समेत जीवन रक्षामा सहयोगका लागि अग्रसर हुन शर्माले सबैमा आव्हान गरेका छन् ।

न्यूज हिमालयबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय