हिमपातसँगै जीवन कष्टकर भएपछि जोर्डनका राजाले दिए दुई दिन छुट्टि

  रुकुम सितोली, जोर्डन, २३ पुष– हिमपातसँगैको बर्षाले जीवन कष्टकर बन्दै गएपछि जोर्डनमा दुई दिन राष्ट्रिय बिदा घोषणा गरिएको छ । चिसोका कारण घर बाहिर निस्कनै नसक्नेभएपछि जोर्डनका राजा अबदुल्लाह द्वितियले आज बुधबार र भोली बिहिबार दुईदिन बिदा दिने घोषणा गरेका हुन् । यो घोषणासँगै त्यहाँ काम गर्दैआएका एक हजार पाँच सय नेपालीले राहत महशुस गरेका छन् । जोर्डनमा शुक्रबार साप्ताहिक बिदा दिईने हुनाले लगातारको तीन दिन बिदा मिलेपछि चिसोका कारण काम गर्न नसक्ने परिस्थितिबाट केहि राहत मिलेको नवलपरासीका सुर्यबहादुर न्यौपानेले बताए । बाक्लो हिमपात र बर्षासँगै चिसो ह्वात्तै बढेको उनले अनुभव सुनाए । jordan-himpaat जोर्डनका अम्मान, शहब, ईरबीद, दुलेल तथा पेट्रा शहरमा नेपालीहरु काममा छन् । धेरैजसो नेपाली गार्मेन्टको कामका लागि आएका हुन् । केहि नेपालीले यहाँको राजदरबारमा समेत काम पाएका छन् । थोरै नेपालीहरु कार्पेन्टरको काम गर्दैछन् । नेपाली युवाहरुको सरदर कमाई नेपाली २० हजार रुपैंयादेखि ६० हजार रुपैंयासम्म छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: