‘८ हजार नेपाली युवती दुवईमा यौन धन्दाका लागि लगिए’

नयाँ दिल्ली- सन् २०१४ को डिसेम्वरसम्ममा भारतको नयाँ दिल्ली भएर ६ हजार देखि ८ हजार नेपाली युवतीलाई यौन व्यवसायमा लगाउने उद्धेश्यले दुवई पुर्याइएको भेटिएको छ ।

केन्द्रीय अनुसन्धान विभागको नेतृत्वमा विभिन्न देशका संघसंस्थाहरुको संलग्नतामा गरिएको अनुसन्धानका क्रममा यस्ते तथ्या फेला परेको टाइम्स अफ ईण्डियाको अनलाइन संस्करणले जनाएको छ ।

विभागका अनुसार त्यसरी पठाइएका महिला २० देखि ३० बर्ष उमेर समुहका छन् । त्यसरी पठाइएकाहरु दिल्लीको ईन्दिरा गान्धि अन्तराष्टिय विमानस्थल भएर लगिएका हुन् ।

यो विवरण विभागले नेपालसँगै भारतको परराष्ट मन्त्रालय, गृह मन्त्रालय तथा अध्यागमन विभागलाई पठाएको छ । यसैगरी यो विवरण ईन्टरपोलमा समेत पठाइएको जनाइएको छ । त्यसरी लगिएका युवतीहरु पर्यटकको भिसामा लगिएका छन् ।

यो विवरण एयर इण्डिया, कतार एयरवेजसँगै दिल्लीमा रहेका विभिन्न १५ वटा ट्राभल एजेन्सी मार्फत लामो अनुसन्धान गरी तयार पारिएको समाचारमा जनाएको छ । त्यसरी लगिने मध्ये धेरैजसोको केन्याको राजधानी नैरोबीको भिसा तथा होटल बुकिङ गरेर दुवईको बाटो हुँदै नैरोबीको उडान तालिका मिलाउने गरिन्छ । तर दुवईमा उत्रेपछि उनीहरुको नैरोबीको होटल बुकिङ रद्ध गरी उनीहरुलाई दुवईमा नै राख्ने गरिएको भेटिएको छ ।

त्यसरी जाने युवतीहरुले दुवईको कागजी भिसा समेत बोकेर जाने, एजेण्ट मार्फत दुवईमा दुई देखि तीन महिनासम्म बस्ने र फर्किने गरेको भेटिएको विभागले जनाएको छ । नेपालको बाटो भएर जान असम्भव भएपछि मानव तस्करले भारतको बाटो रोजेको र त्यो अहिलेसम्म सहज भएको समाचारमा जनाइएको छ ।

त्यसरी लगिने महिला समुहमा नै लगिने गरेको भेटिएको छ । सन् २०१४ को जुलाई महिनामा एयर इण्डियाको फ्लाइटबाट ७६ जना नेपाली युवती दुवई हुँदै नैरोबीका लागि उडेको भेटिएको छ । तर उनीहरुको साथमा दुरुस्त कागजात भएका कारण कुनै कारवाही गर्न वा रोक्न नसकिएको सरकारी अधिकारीलाई उघृत गर्दै समाचारमा जनाइएको छ ।

नेपाली युवतीलाई यसरी फर्जी कागजात बनाएर दुवईमा लैजाने क्रम द्रुत भएपछि त्यसलाई रोक्न कडाईका उपाय अपनाउन र खाडीका मुलुकमा जान नदिने व्यवस्था मिलाउन बिभागले निर्देशन दिएको छ ।

‘हामीले ईन्दिरा गान्धि अन्तराष्टिय एयरपोर्ट यौन व्यवसायका लागि खाडीका मुलुकमा महिला पठाउने मुख्य नाका बनेको पाएका छौं । ६ हजार देखि ८ हजार युवतीको तस्करी गरिएको फेला परेको छ’ ति अधिकारीलाई उधृत गर्दै समाचारमा लेखिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: