छोरी बलात्कार गर्नेलाई १८ बर्ष कैद

बनेपा- जिल्ला अदालत काभ्रेपलाञ्चोकले छोरी बलात्कार गर्ने एक बाबुलाई १८ वर्ष कैद र रु दुई लाख क्षतिपूर्तिको फैसला सुनाएको छ। अदालतका न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको इजलासले मंगलबार पनौती नगरपालिका–३ का ४१ वर्षीय प्रकाश कार्कीलाई मुलुकी ऐन जबर्जस्ती करणी महलको ३(४) र ४ नम्बर बमोजिम आठ वर्ष र जर्बजस्ती करणी २ नम्बर र हाडनाता करणीको १ नम्बरबमोजिम थप १० वर्षसहित १८ वर्ष कैदको फैसला भएको हो।

जिल्ला अदालत काभ्रेपलाञ्चोकमा पीडितले गत असोज २ गते जर्बजस्ती करणी र हाडनाता करणीसम्बन्धी मुद्दा दायर गरेकी थिइन्। प्रहरीले बलात्कारको घटनामा कार्कीलाई पक्राउ गरेपछि पीडितका हजुरबाबुले घटना बाहिर आउने डरले आत्महत्या गरेका थिए। रासस

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय