घनश्याम पराजुली (कृष्ण) दोहा । नयाँ बर्ष २०१५ को अवसरमा अल एवल टेड्रिङ्ग एण्ड कन्ट्रयाक्टीङ् कम्पनीमा कार्यरत कामदारहरुको साझा संस्था एरोसले आफ्नो बार्षिकोत्सव तथा नयाँ बर्षको कार्यक्रम गरेको छ । कम्पनीमा काम गर्ने ६ सय भन्दा बढी कामदारहरुलाई पछि पार्दै स्याङ्गजाका लोक बहादुर रानाभाट र तनहुँका भीमलाल थापाले अवार्ड प्राप्त गरे । कम्पनीले सन् २०१४ का ६ जना उत्कृष्ट कामदारलाई पुरस्कृत गरेको थियो । उनीहरुले सर्वोकृष्ट कामदारको मेडल सँगै जनही रु ८५ हजार नगद पुरस्कार पाए ।
त्यस्तै विभागिय अवार्ड अन्तरगत लेखामा कार्यरत स्याङ्गजाका नारायण पराजुली उत्कृष्ट भए । उनले रु ५५ हजार नगद पुरस्कार र मेडल प्राप्त गरे । कम्पनीको हरेक काममा सहयोगी भूमिका खेलेको भन्दै ओम प्रसाद सापकोटालाई पनि २८ हजार पुरस्कार दिइयो ।
कार्यक्रममा बोल्दै अतिथी नेपाली समुदायका अगुवा सागर नेपालले कम्पनीले आफ्ना कामदारलाई एउटै प्लेटफर्ममा समेटेर नयाँ बर्ष मनाएकोमा खुसी व्यक्त गरे । उनले भने विभिन्न देशबाट रोजगारीको शिलशिलामा कतार आएका हामी आफ्नै दाजुभाई भएर बस्नु पर्छ । यहाँको कानुनको सम्मान गर्दै लगनशिल र मेहनती कामदारको रुपमा चिनिनु पर्छ ।
उनले नेपाली कामदारहरुको लगनशिलता र योगदानलाई स्मरण गर्दै उनले कतारमा आउनु बाध्यता र अवसरको खोजी भएको भन्दै नेपालीलाई कतारबाट योग्य भएर फर्कन आग्रह गरे । नेपाली दुतावासका द्धितिय सचिव नितेश सापकोटाले नेपाली नियोगले कामदारका समस्याहरुको समाधानका लागि प्रतिवद्ध रहेको बताए ।
कार्यक्रममा भारतिय दुतावासका कार्यवाहक राजदुत आर.के. सिंहले विभिन्न समुदायका कामदारलाई एकै ठाउमा देख्न पाएको भन्दै खुसी प्रकट गरे । यस्ता कार्यक्रमले कामदार र व्यवस्थापन पक्षको सम्वन्ध मजबुत हुने उनको भनाई छ ।
कार्यक्रममा कतारको आन्तरिक मन्त्रालयका लेफ्टिनेन्ट रासिद अन्तार अल मारीले कम्पनीका कामदारका लागि आयोजना गरेको कार्यक्रमबाट एउटा नौलो अनुभुती मिलेको बताए । उनले कतार सरकारले ईद र राष्ट्रिय दिवसको अवसरमा आयोजना गरको कार्यक्रममा कम्पनीका कामदारहरुको सम्वन्यकारी भुमिका रहेको भन्दै कम्पनीका स्पोन्सर साद विन साद आरएच अल सुवेईलाई आन्तरिक मन्त्रालयको तर्फबाट विशेष पुरस्कार प्रदान गरे ।
कार्यक्रममा आन्तरिक मन्त्रालयका प्रतिनिधी खालिद हुसेन अल समारी र रिच आउट अफिसर फाईसल हुएदीको समेत उपस्थिती रहेको थियो । उनीहरुले गत बर्ष कम्पनीको सम्वन्यमा ट्राफिक जनचेतना समेत गरेका थिए । कार्यक्रममा ट्राफिक सम्बन्धि नियमहरु प्रष्ट पारियो ।
सो अवशरमा कम्पनीका कामदारहरुले आआफ्नो देशको सँस्कृती झल्कने प्रस्तुती पस्किएका थिए । सहानिय, ओम्वाव, ओमसलाल, औद्योगिक क्षेत्र, सैलिया, एनखालिद, सल्वारोड, कराना, ओक्रा लगायतका ठाउबाट कामदारहरुको उपस्थिती रहेको थियो । ३ घण्टासम्म चलेको सांगितीक कार्यक्रममा विभिन्न देशका कामदारले रमाइलोे गरे ।
ईनाम दोहाको सहकार्यमा सांगीतीक कार्यक्रम सम्पन्न भएको थियो । अतिथी कलाकार जुनियर उदित नारायणको नामले चिनिने हिन्दी गायक निसार वाहिदले उपस्थित सबैलाई नचाउन सफल भए । नेपाली गायक वीरेन्द्र श्रेष्ठले आफु रोएर पनी हसाँउने साथी छिन मेरै बोलको गित प्रस्तुत गरे । गायिका अरुणा केसीले चौबन्दीमा पटुकी गाईन । हे
मन्त लामाको नृत्यले सवैलाई नचाएको थियो । उनको नृत्यलाई सवैले मनपराएका थिए । सांगितीक कार्यक्रममा ईनाम दोहाका कलाकारहरुको हिन्दी र मल्यालम संगितले मनोरन्जन प्रदान गर्यो । सो अवशरमा नेपाली, भारतिय र श्रीलङ्काली कलाकारहरुको बजोड प्रस्तुती रहेको थियो ।
सर्वोकृष्ट कामदारको अवार्ड विजेता कम्पनीका चालकको रुपमा कार्यरत रानाभाटले आफ्नो मेहनत र लगनशिलताको कदर गरेकोमा अत्यन्तै खुसी देखिए । उनले भने हामी प्रवासमा काम गरिरहेका छौ यहाँको बस्तु स्थितीलाई मध्यनजर गर्दै अगाडी बढ्न सकियो भने अवश्य पनि एक दिन सफल हुन सकिन्छ ।
अर्का पुरस्कृत नेपाली थापाले आफुले विगतमा भोगेका पिडाको स्मरण गर्दै कम्पनीले अवार्ड दिएकोमा निक्कै खुसी व्यक्त गरे । उनको पहिलेको कम्पनीले ६ महिना सम्म तलव नदिएपछी यस कम्पनीमा भिसा परिवर्तन गरेका थिए । उनी गाडीको मिस्त्रीको सहयोगीको रुपमा कार्यरत छन ।
मध्यपुर्वको सानो देश कतारमा नेपाली कामदारको संख्या ४ लाख भन्दा बढी रहेको छ । आगामी २०२२ मा विश्व कपको तयारीमा रहेको कतारमा विशेष गरी निर्माण क्षेत्रमा आप्रवासी कामदारका लागि रोजगारी धेरै रहेको छ ।