घर फर्किन लागेका थिए ज्यान गयो मलेसियामै

मलेसिया- रोजगारीका लागि मलेसियामा रहेका झापाको विर्तामोडका पंकज साहको उपचारका क्रममा सोमबार निधन भएको छ । पोर्ट केलाङ्गको मेडिप्रो कम्पनीमा कार्यरत उनी आइतबार अचानक वेहोस भई ढलेका थिए । बेहोस भएका उनलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको थियो । साथीहरुले अस्पताल पुर्याएका उनको उपचारका क्रममा ज्यान गएको घोषणा चिकित्सकहरुले गरेका थिए ।

२ वर्षअघि रोजगारीका लागि यहाँ आएका उनी केही समयपछि नेपाल फर्कने तयारीमा रहेका उनका साथी इश्वर उपाध्यायले जानकारी दिए । उनको शव हाल केलाङ्ग अस्पतालमा राखिएको छ । आवश्यक प्रक्रिया पुर्याएर शवलाई नेपाल पठाइने उपाध्यायले बताए ।

अन्नपूर्ण पोष्टबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय