मलेसियामा पहिरोमा पुरिएर दुई नेपालीको मृत्यु

मलेसिया- मलेसियाको क्यामरुङ्ग हाइल्याण्डमा पहिरोमा परि ५ दिन देखि वेपत्ता भएका दुई नेपालीको शव फेला परेको छ । सोमवार दिउसो पहिरोमा पुरिएका धनकुटा खोकुका धनकुमार रार्इ र धनकुटा मुढेवासका कर्णध्वज लिम्वुको शव पहिरोबाट निकालिएको हो ।

क्यामारुङ्ग हाइल्याण्डको खोलेसागमा तरकारी खेतीमा काम गर्दै आएका उनीहरु गत डिसेम्वर ३१ मा सो ठाउँमा आएको पहिरोमा परेर वेपत्ता भएका थिए । लिम्वुका आफन्त दिलु लावतीले टेलिफोनमा दिएको जानकारी अनुसार उनीहरुको शव हाल गोमासुङ्ग अस्पताल राखिएको छ । सोमवार दिउसो प्रहरी र उद्धार समितिको प्रयासमा माटोमा गाडीएको अवस्थामा उनीहरुको शव फेला परेको थियो ।

कामबाट फर्कने क्रममा उनीहरु पहिरोमा परेर पुरिएका थिए ।

सो धटनामा अन्य केहि स्थानीय भने वाच्न सफल भएको लिम्वुले जानकारी दिएका छन् ।

राई १ वर्ष अघि मात्र रोजगारीका लागि मलेसिया आएका थिए भने लिम्वु विवाहका लागि अर्को महिना नेपाल फर्कने तयारीमा थिए ।

क्यामरुङ्ग हाइल्याण्डमा कृषिको काममा नेपालीहरु आउने गरेका छन् ।

फोटो सौजन्य दिलु लावती

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: