छिटो पासपोर्ट लिन आउः दुतावास
काठमाडौँ: बहराइनमा रहेको नेपाली दूतावासले त्यहाँ विभिन्न क्षेत्रमा कार्यरत नेपाली कामदारहरुका लागि स्थलगत रुपमै राहदानी (एमआरपी)को आवेदन फारमहरु सङ्कलन गर्ने जनाएको छ ।
सन् २०१५ नोभेम्वर २४ तारिख अगावै सम्पूर्ण हस्तलिखित राहदानीलाई मेसिन रिडेबल राहदानी (एमआरपी) ले प्रतिस्थापन गर्ने प्रयोजनका लागि राहदानी आवेदन फारमहरु सङ्कलन गर्ने कार्ययोजना अनुसार पुस १७ गतेदेखि सार्वजनिक बिदाका दिनहरुमा पनि बहराइनको सित्रा औद्योगिक क्षेत्रका नेपालीहरुलाई लक्षित गरी  सङ्कलन गर्ने कार्य प्रारम्भ गरेको बहराइनस्थित नेपाली दूतावासले प्रेश विज्ञप्तिमा उल्लेख गरेको छ ।
आगामी दिनमा यस्तो स्थलगत रुपमा एमआरपी आवेदन फारम भरी सङ्कलन गर्ने अभियानलाई निरन्तरता  दिइने हुँदा बहराइनमा क्रियाशील नेपाली सङ्घसंस्था, नेपाली कामदार तथा नेपाली कामदार कार्यरत कम्पनीहरुलाई राजदूतावासमा सम्पर्क गर्न आह्वान गरेको छ ।
अन्नपूर्ण पोष्टबाट
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: