दुवईमा एक नवजात शिशुको शवको मूल्य ५० लाख !

दुवई, दुवईमा बस्दै आएका एक भारतीय परिवारलाई उनीहरुको नवजात शिशुकको शव लिने भए ५० लाख रुपैंयाँ जम्मा गर्न अस्पतालले निर्देशन दिएको छ । भारतीय नागरिक पंकज सिन्दे र उनकी श्रीमति संगीताले आफ्ना एक नवजात शिशुको शव दिन आग्रह गर्दा अतिफा अस्पताल प्रशासनले सो रकम माग गरेको हो ।

भारतीय सो दम्पतीको शिशु जन्मेको ४८ घण्टा भित्र मृत्यु भएको थियो । समय नपुगि जन्मेको सो शिशुको शव दिन सिन्दे परिवारले आग्रह गरेपछि अस्पातलले ठूलो रकम माग गरेको खवर सार्वजनिक भएको हो ।

सिन्देलाई उधृत गर्दै गल्फ न्यूज लेख्छ ‘मैले भुक्तानी मिति नराखिएको चेक जम्मा गरिदिएँ किनकी मसँग त्यति धेरै पैसा छैन । मेरो बच्चा ५ महिना हाराहारीमै जन्मियो र उसले बाँच्नका लागि ४८ घण्टा संघर्ष गरेपनि त्यसमा उ सफल हुन सकेन ।’

सिन्दे जुवेल अलिको एक नीजि कम्पनीमा काम गर्छन् । उनले मासिक रुपमा एक हजार दिरामका दरले आफूले रकम तिर्दा पनि पूरा रकम चुक्ता गर्न १५ बर्ष भन्दा धेरै समय लाग्ने बताए । त्यसैले उनले सहयोगी मान्छेहरु र जिम्मेवार सरकारी अधिकारीहरुलाई आफ्नो समस्याका बारेमा ध्यान दिइदिन आग्रह गरेका छन् ।

उनले सुरुमा १६ हजार दिराम (झण्डै ५ लाख रुपैंयाँ) जसोतसो तिरेपनि बाँकी रकम तिर्न असमर्थ भएको बताएका छन् । सिन्दे परिवार १० बर्षदेखि युएईमा बस्दै आएका छन् । उनले आफूलाई यस्तो समस्या आइपर्छ भनेर सपनामा समेत नचिताएको बताएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय