कतारमा जनवरी ९ मा साँस्कृतिक कार्यक्रम हुँदै

रवि रोषी, दोहा- आगामी जनवरी ९ मा कतारमा नेपालका लोक गायक पुरुषोत्तम न्यौपाने र कला पंगेनीको लोक दोहोरी प्रस्तुत हुने भएको छ । नयाँ बर्ष लोक दोहोरी साँझ २०१५ नाम दिइएको सो कार्यक्रममा कतारमा रहेका लोक गायक, गायिकाहरुको पनि प्रस्तुती रहने छ ।

कार्यक्रमबाट संकलित रकम नेपालमा रहेका अपांग असहायका लागि खर्च गरिने आयोजकले जनाएका छन् । कार्यक्रम स्याङजा सम्पर्क मञ्च दोहा कतारले गर्न लागेको हो । कार्यक्रम साल्वा रोड स्थित क्वालिटी हाइपर मार्केटको सभाहलमा हुनेछ । सो कार्यक्रममा कतारका मात्र दर्जन जति कलाकारहरुको विभिन्न प्रस्तुती रहने भएको छ । सो कार्यक्रम विहान ११ बजे देखि साँझ ५ बजेसम्म चालु रहने कार्यक्रम आयोजक पक्षका भेषराज पराजुलीले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय