३० जनालाई नेपाल फर्काउन खोजेपछि मलेसियामा फेरी आन्दोलनमा उत्रिए नेपाली

मलेसिया – पार्ट नजिकै रहेको मेडिप्रो कम्पनिमा काम गर्दै आइरहेका करिब १०३ जना नेपाली कामदार फेरि आन्दोलनमा उत्रेका छन । कम्पनी मा केहिसमय अगाडि मात्र विवाद भइ सम्झौता भएको थियो । सो कम्पनिमा काम गर्दै आइरहेका १०३ जना कामदारहरुलाई कम्पनिले दिने सेवा, सुविधा कटौती गरि यहि पौष ५ गते करारमा हालेको थियो । त्यसको विरोधमा उत्रेका नेपाली कामदारले एक दिन कम्पनीको काम नगरी राजीनामा दिएका थिए ।

त्यसपछि पौष ८ गते कम्पनी र कामदारहरुबीच भएको छलफलमा सम्पूर्ण सेवा र सुबिधाहरु दिने सहमती भएर नेपालीहरु राजीनामा फिर्ता लिएर काममा गएका थिए । सहमतिको एक हप्तापछि कम्पनिले जबर्जस्ती ३० जना कामदारहरुलार्इ छानेर नेपाल पठाउने निर्णय गरेपछी त्यसको बिरोधमा फेरि पनि आन्दोलन भएको हो ।

कम्पनिले आफ्नो खुसी अनुसार केही कामदारहरुलार्इ घर फर्काउने भएपछि त्यसको बिरोधमा पौष १६ गते देखि काम बन्द गरिएको हो । काठमाण्डौको महाराजगन्जमा रहेको जानकी ओभरसिज र होमर ओभरसिज प्राली मार्फत आएका कामदारहरु सहमती अनुसार काम नभएपछी मर्कामा परेका हुन् । नेपाली कामदारले यदि कम्पनीले नेपाल फिर्ता पठाउने भएमा सवैलाई फिर्ता गर्नुपर्ने अडान राखेका छन् ।

ईश्वर उपाध्याय, मलेसिया

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय