इजरायलमा नेपालीले सुरु गरे रेडियो

हरी मानन्धर, इजरायल – उज्ज्वल भविष्य मिडिया ग्रुपले अनलाइन रेडियो रेडियो हिमशिखर सुरु गरेको छ । अंग्रेजी नयाँ बर्ष २०१५, जनवरी १ का दिन बेलुकी ९ः३० बजेबाट शुरू भएको कार्यक्रम, कार्यक्रम सँयोजक श्री कृष्णकुमार रायमाझीको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि इजरायलका लागि नेपाली राजदुत प्रल्हादकुमार प्रसाईले विदेशी भूमिबाट नेपाली रेडियो शुरू भएकोमा खुशी व्यक्त गर्दै देश, राजनैतिक जनचेतना, साँस्कृतिक उत्थान, ज्ञानविज्ञान, महिला शशक्तिकरण लगायतका बिषयबस्तुलाई लिएर अगाडि रेडियो अघि बढ्नुपर्ने सुझाव दिएका थिए ।

एनआरएन इजरायलका महासचिव तीर्थ गौतम, नमस्ते नेपाल रेडियोका अध्यक्ष रामशरण बानियाँ लगायतले आतिथिको रूपमा उपस्थिति जनाउनुभएको थियो ।

साथै सम्पूर्ण देश तथा विदेशमा रहनुहुने नेपालीहरूका लागि अँग्रेजी नयाँ बर्ष २०१५ को शुभकामना समेत व्यक्त गर्नुभएको थियो ।

उद्घाटन पश्चात सँस्थाका सदस्यहरू तथा विभिन्न देशबाट रेडियो हिमशिखरलाई माया गर्ने र सहयोग गरिरहेका श्रोताबीच शुभकामना आदानप्रदान तथा मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय