खाडीमा कामदार लिन स्वास्थ्यमा कडाईं गरिंदै

काठमाडौं, खाडीका मुलुकले कामदार भर्ना गर्दा अव स्वास्थ्यमा विशेष ध्यान दिने निर्णय गरेका छन् । स्वास्थ्यका कारण समस्या देखिन थालेपछि त्यसलाई नियन्त्रण गर्नस्वास्थ्य परिक्षणमा फिट देखिएका व्यक्तिलार्ई मात्र कामदारका रुपमा लिने गरी कडाई गर्ने निर्णय ति देशले गरेका हुन् ।

स्वास्थ्य रिपोर्टले खाडीका देशमा बर्षमा भित्रिने २० लाख कामदार मध्ये १० प्रतिशतमा पुरानो रोग देखिने गरेका भन्दै त्यस्ता दिर्घरोगीलाई कामदारका रुपमा नलिने निर्णय भएको हो । त्यस्ता समस्यामा मधुमेह र उच्च रक्तचापको समस्या धेरै देखिएको जनाइएको छ ।

‘खाडीका देशहरुले संयुक्त रुपमा प्रतिवद्धता जनाएका छन् की तिनिहरुले दिर्घरोगको समस्या भएका व्यक्तिलार्ई कामदारका रुपमा लिने छैनन्’ गल्फ हेल्थ मिनिस्टर काउन्सीलका महानिर्देशक तौफिक खोजालाई उधृत गर्दै गल्फ न्यूजले खवर लेखेको छ ।

हामीले ११ वटा स्वास्थ्य संस्थालाई तिनिहरुले जाँचेको स्वास्थ्य रिपोर्टलाई मान्यता नदिने अस्थायी निर्णय गरेका छौं र तीनवटाले त पूर्ण रुपमा नियम उल्लंघन गरेको भेटिएको छ उनले भनेका छन् ।

खाडीका देशमा भारत, पाकिस्तान, फिलिपिन्स, बंगलादेश र इजिप्टमा खाडीका देशले मान्यता दिएका १८ वटा स्वास्थ्य संस्था छन् जहाँबाट सवैभन्दा धेरै कामदार खाडीका मुलुकमा पुग्ग्दछन् ।

साउदी अरबमा १४ जना कामदार आउने वित्तिकै गरिएको स्वास्थ्य परिक्षणमा असफल भएर उनीहरुलाई घर फर्काइयो खोजाले भने । विदेशमा गरिएको स्वास्थ्य परिक्षणले खतरनाक र सर्ने खालका स्वास्थ्य समस्यालाई भनें खाडीका मुलुकमा भित्रिन नदिएको उनले बताए ।

तर अहिले भइरहेको स्वास्थ्य परिक्षण पूर्ण होइन, किनकी त्यो परिक्षणमा क्यान्सर जस्ता कुराको परिक्षण गरिन्न खोजाले भनेका छन् । तर त्यस्तो परिक्षणका लागि लाखौं लाग्न सक्ने उनले बताए ।

खाडीमा पुगेपछि गरिने स्वास्थ्य परिक्षणमा सवै परिक्षण सम्भव नभएपनि कामदार आउने देशमा गरिएको परिक्षणमा नहेरिएका स्वास्थ्य समस्याका बारेमा परिक्षण र्ग भनें सकिने खाडीका मुलुकको तयारी छ ।

त्यसका लागि आगामी महिना खाडीका स्वास्थ्य मन्त्रालयहरुबीच छलफल गरीने तथा आइन्दा कामदार लिंदा कसरी शारिरीक र मानसिक रुपमा स्वस्थ कामदार लिने भन्ने बारेमा निर्णयमा पुग्न सकिने जनाइएको छ ।

पछिल्ला केहि बर्षयता स्वास्थ्य परिक्षणमा गरिएको कडाईका कारण यसअघि भित्रिएका कामदार मध्ये २५ प्रतिशतमा देखिने स्वास्थ्य समस्या ५ प्रतिशतमा झरेको भन्दै त्यसलाई अझ नियन्त्रण गर्ने तयारी स्वरुप थप कडाई गरिन लागेको हो । त्यसका लागि गत नोभेम्वर ११ देखि १३ सम्म मनामामा आयोजित बैठकले स्वास्थ्य परिक्षण सम्वन्धी व्यवस्थालाई कडा बनाइसकेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय