बलात्कारको उजुरी गरेको भन्दै गोली हानियो

नेपालगञ्ज – बलात्कारको उजुरी दिएको भन्दै हिरमिनिया–५, बाँकेका ६५ वर्षीय गोबरे कोरीलाई अज्ञात समूहले गोली प्रहार गरेको छ । कोरीले आफ्नो छोरी बलात्कारमा परेको भन्दै प्रहरीमा उजुरी दायर गरेकाे भन्दै घर बाहिर बाेलाएर उनलाई १६ पुस राति गोली प्रहार गरिएको थियो ।

पेटमा गोली लागेका कोरीको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । गोली कलेजोमा अड्केको अस्पतालले जनाएको छ ।

गोली प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरी उपरीक्षक शेखर कोइरालाले बताए ।

हिमाल खवरबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय