फेसबुकले भगायो परदेशीका श्रीमति !

प्रेम सुनार, गुल्मी – दर्लामचौरका एक पुरुष वैदेशिक रोजगारमा थिए । उनकी ४० वर्ष उमेरकी श्रीमति स्थानिय १८ वर्षे एक युवासंग भागिन् । घरमा तीन सन्तानको विचल्ली भयो । दर्लामचौरकै अर्की एक महिला १७ बर्षको नातामा आफ्नै भतिजो पर्ने युवासँग हिंडिन् । उनी तम्घासकै एक होटलमा बसिरहेको अवस्थामा भेटिइन् ।

भारतको रोजगारमा रहेका वडागाउँ–३ दजाकोटका मिनबहादुर सर्तुङ्गे दुई वर्षदेखि पाकिस्तानको जेलमा छन् । भारतमा रोजगारीका लागि पुगेका उनी त्यहिंको एक व्यक्तिको माछा मार्ने काममा गएका थिए । पाकिस्तानको सीमानामा पुगेको पत्तै नपाएका उनलाई पाकिस्तानी प्रहरीले पक्रेर जेल हाल्यो । भाइलाई छुटाउन लागिपर्नु पर्ने उनका दाजु ओमबहादुरले मिनबहादुरकी श्रीमति अर्थात भाई वुहारी भगाएर हिडे ।

तीन चार वर्षका छोराहरुलाई विचल्ली पारेर हिडेकी उनकी श्रीमति विष्णु र दाजु अहिले वाग्लुङ्गको खालामा गएर वसेको छिमेकी अनिल सर्तुङ्गे बताउँछन् । घरमा ७० बर्ष नाँघेका हजुरवुवा मात्रै छन् । सम्पत्ती केहि छैन् । काम गरेर ती दुई नावालकलार्ई खुवाउने र पढाउने अवस्था छैन । छिमेकी सर्तुङ्गे भन्छन् – साह्रै विचल्ली छ, वेलामा खान पनि पाउँदैनन् । फोन फेशवुकले निकै विकृति ल्याएको छ ’–सर्तुङ्गेले थपे हाड नातमै यस्तो नजाय सम्वन्ध अन्यत्र पनि बढेको सुन्दा माया सम्वन्ध र दाम्पत्य जिवन पनि बेकार जस्तो लाग्न थालेको छ । ’

मरभुङ्गका वसन्त पौड्याल कतारमा रोजगारी गर्दा कपलिवस्तुकी गिता पराजुलीसंग फेसवुकमा माया प्रगाढ बनाएर बिवाहको टुँगोमा पुगे । त्यहाँबाट फर्केका पौडेल र पराजुलीको वुटवलमा भेट भयो र सिद्धवावाको मन्दिरमा विवाह गरी घर आए । घर आउँदा उनका श्रीमति र सन्तान समेत देखे पछि पराजुली छाँगाबाट खसे जस्तो भईन् । अविवाहित हुँ भनेर फसवुकमा ढाँटेका पौड्यालले जेठी श्रीमतिबाट वहु विवाहको मुद्धा खेप्नु प¥यो । जिल्ला अदालत गुल्मीका अनुसार ति दुवैलाई अहिले पुर्पक्षका लागि २५ हजार धरौटीमा छाडिएको छ ।

यस्तो हाँसो उठ्दो र लाजमर्दो प्रेम सम्वन्धका कारण कतै सम्वन्ध हुने त कतै विच्छेद हुने क्रम बढि रहेको बेला हामी जिल्ला अदालतमा गत चालु वर्षमा भएको सम्वन्ध विच्छेदका मुद्धा विवरण लिन पुगेका थियौं । त्यस अदालतका श्रेस्तेदार श्याम मौर्यले दिएको जानकारी अनसुसार यस वर्षको ६ महिनाकै अन्तरारलमा अघिल्लो वर्षको सम्वन्ध विच्छेदको मुुद्धाको संख्यालाई उछिनेको् छ ।

साउन मसान्त देखि अहिलेसम्म ३६ वटा सम्वन्ध विच्छेदका मुुद्धा परेका छन् । बैदेशिक रोजगार, मोवाईल फोन, फेसवुकबाट देख्दै नदेखी र वुझ्दै नवुझी लगाईएको माया सम्वन्ध विच्छेदको प्रमुख कारण हुन सक्ने अदालतका श्रेस्तेदार मौर्य बताउँछन् ।

जिल्ला प्रहरी कार्यालयमा परेका ५४ वटा घरेलु हिंसाका उजुरी मध्ये बढि मात्रामा बैेदेशिक रोजगारबाट श्रीमान फर्किदा पिडित बनेकी श्रीमति वा श्रीमान देखिएका छन् । त्यस कार्यालयकी महिला तथा वालवालिका सेलकी प्रहरी जवान ईन्द्रकुमारी जैसीका अनुसार ४ जना पत्नी पिडित पुरुषले श्रीमतिबाट न्याय दिलाई पाउँ भनि उजुरी दिएका छन् ।

गुल्मी टुडेबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय