विदेशबाट फर्किनेलाई कण्डम
मेलम्ची :  सिन्धुपाल्चोक जिल्लाबाट रोजगारीको सिलसिलामा विभिन्न मुलुक गएर फर्किएकालाई कण्डमका साथै यौन शिक्षा दिन थालिएको छ । वैदेशिक रोजगारीबाट फर्केका युवायुवतीबाट नेपालमा यौनजन्य रोग भित्र्याउन नदिन यस्तो सुरुवात गरिएको हो ।
पछिल्ला केही वर्षदेखि विदेश गएर फर्केकामा एचआइभी सङ्क्रमण देखिन थालेपछि महिला आत्मनिर्भरता केन्द्रले उनीहरूलाई यौन शिक्षाका साथै कण्डम दिन थालेको हो । एक सस्थाको सहयोग र केन्द्रको सहजीकरणमा जिल्लाका १२ गाविसमा कण्डम वितरण गरिएको हो ।
वैदेशिक रोजगारीबाट फर्किएका युवायुवतीलाई एचआइभी एड्स रोकथाम तथा हेरचाह परियोजनाअन्तर्गत कण्डम वितरण गरिएको केन्द्रले जनाएको छ । मांकका अनुसार अहिले इचोक, महाँकाल, थाङ्पालकोट, गुन्सा, भोताङ, स्याउले, सेलाङ, सिम्पालकाभ्रे, बाह«बिसे, राम्चे र धुस्कुनमा कण्डम वितरण भइरहेको छ ।
यी गाविसमा एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि कण्डम वितरणको अभियान थालिएको हो । केन्द्रकी कार्यक्रम संयोजक सुनिता भोखजुका अनुसार कार्यक्रम सुरु भएको दुई वर्षको अवधिमा ९२ हजार कण्डम वितरण भइसकेको छ ।
कार्यक्रम लागू भएका एक गाउँमा दुईजनाका दरले साथी शिक्षक हुने र तिनैले कण्डम वितरण गर्ने गरेको उनले बताए ।  “सुरुमा पूर्वी गाउँ अत्तरपुर, ठूलो धादिङ र लिसङ्खुमा बाँडिएको थियो” उनले भने “त्यहाँ सङ्क्रमण कमी देखिएपछि प्रभावित गाउँमा विस्तार गरिएको हो ।”
“एकजनालाई २० देखि २४ वटासम्म कण्डम दिइने गरेका छौँ”, उनका अनुुसार गाउँमा एचआइभी सङ्क्रमण नफैलिओस् भन्ने उद्देश्यले यस्तो अभियान सुरुवात गरिएको हो ।
स्थानीयस्तरबाटै साथी शिक्षक राखिने भएकाले गाउँमा विदेशबाट आएकाहरू थाहा हुने भएकाले अभियान प्रभावकारी भएको केन्द्रले जनाएको छ । एक गाविसमा दुईजना साथी शिक्षक रहेका छन् ।
रासस

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय