
उत्तरः कतारको श्रम ऐनको दफा ४ अनुसार कसैका लागि दुई बर्षको लागि कामदारको भिसा पहिले नै जारी भइसकेको छ भनें त्यो समयावधि भित्र उसले अर्को भिसा पाउन सक्दैन । यदि तपाईसँग तपाईको रोजगारदाताले नो अव्जेक्सन लेटर दिएको छैन भनें तपार्ई दुईबर्ष पुरा भएपछि मात्र फेरी कतार आउन पाउनुहुन्छ । यदि तपाईलाई यसअघि दिइएको भिसा दुई बर्षको हो भनें मात्र तपाई दुई बर्षपछि कतार आउन सक्नुहुन्छ । कतारको श्रम ऐनको दफा ८५ ले विदामा भएको समयमा श्रम सम्झौता भंग गर्न पाइन्न । (कतार एक अनलाइनले आप्रवासी कामदारलाई सजिलो होस् भनेर यस्तो प्रश्नोत्तर श्रृंखला सुरु गरेको छ । तपाई पनि आफ्ना प्रश्न पठाउन सक्नुहुन्छ ।)