जापान जाँदै नेपालका गाइड

काठमाडौं–साहसिक जलयात्रा अर्थात र्याफ्टिङको मज्जा लिन नेपाल आउने पर्यटकको संख्या ठूलो छ । नेपाल आईपुगेका मध्ये अधिकांशले लगभग ¥याफ्टिङलाई आफ्नो तालिकामा पारेकै हुन्छन् । त्यहि साहसिक कार्यका लागि मुख्य भुमिका भने र्याफ्टिङ गाईड(रिभर गाईड)को हुन्छ । नेपालका रिभर गाईडको काम धेरै विदेशीका लागि चित्तबुझ्दो छ भन्ने उदाहरण हो अहिले बिश्वका र्याफ्टिङ यात्रा गराईने धेरैजसो देशले नेपाली गाईडलाई प्राथमिकतामा राख्नु । त्यसमध्येको प्रमुख गन्तव्य भनेको जापान हो । जपानमा अहिले झण्डै १ सय ५० नेपाली रिभर गाईडका रुपमा काम गरिरहेका छन् । सामान्यतया पाँच बर्षको अनुभव भएका दक्ष गाईड जापानको रोजाईमा पर्ने गरेको र्याफ्टिङ गाईड एशोसियसनका निवर्तमान अध्यक्ष युवराज पौडेल बताउँछन् । ‘नेपालीहरुको प्रमुख रोजाईमा जापान पर्नु भनेको त्यहाँको आकर्षक कमाई हो ।’ उनले भने–‘त्यहाँ प्रतिदिन सामान्यतया १० हजार कमाई छ ।’ पुराना अनुभविहरुले अझ धेरै कमाई गर्न सक्छन् । नेपाली गाईडहरुका लागि अर्को सजिलो पनि छ । जव नेपालमा र्याफ्टिङको सिजन सकिन्छ अनी जापानमा सिजन सुरु हुन्छ । त्यसैले नेपाली गाईडले नेपाल र जापान दुईटै देशको सिजनमा काम गर्न सक्ने पौडेलले बताए । अहिले नेपालमा अफ सिजन सुरु भएको छ । अब नेपालीहरु विदेशको नदीमा काम गर्न जाने तयारीमा रहेको उनले बताए । अन्तर्वार्ता दिएर छनौट भई जापान पुग्ने पहिलो नेपाली गाईड शुक्र तामाङले नेपाल–जापान ओहोरदोहोर गरेर काम गर्न थालेको आठ बर्ष भयो । अहिले उनी इन्र्टनेश्नल र्याफ्टिङ फेडेरेसनको इन्स्ट्रक्टर पनि हुन् । इन्स्ट्रक्टरले प्रमाणित नगरेसम्म नेपाली गाईडले विदेशमा काम पाउँदैनन् । नेपालमा सिजन सकिएपछि जापानको सिजन सुरु हुने भएकाले जुलाई, अगष्ट र सेप्टेम्बर जापानमा नैं बित्ने गरेको उनले बताए । जापानका होकाईदो, क्योतो, साईतामा, गीफु लगायतका प्रमुख क्षेत्रका नदीहरुका नेपाली गाईडले काम गरिररहेका छन् । काम राम्रो भएकाले नै नेपाली गाईडको माग बिदेशमा बढेको तामाङ बताउछन् । अहिले झण्डै दुई सय नेपाली र्याफ्टिङ गाईडहरुले अमेरिका, नर्वे, बेलायत, इटाली, टर्की, भारत, भुटान, जर्मनी, अष्टे«लिया र जापानमा काम पाईरहेका छन् । नेपालमा सन् १९७५ देखि र्याफ्टिङको व्यवसायिक सुरुवात भएको हो । अहिले नेपालमा १४ वटा नदिमा ¥याफ्टिङ्गको अनुमति छ भने एक हजार गाईडले काम गरिरहेका छन् । विनोदकुमार चौलागाई, काठमाडौं

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय