‘म त सीप नसिकि विदेश नजानु भन्ने सल्लाह दिन्छु’

जावलाखेलमा रहेको लक्कि एचआर सोलुसनले वैदेशिक रोजगारीमा जान चाहने युवाका लागि परामर्श र विदेश पठाउने काम गर्दै आएको छ । खासगरि यसले साउदी अरब, मलेसिया, कतार र दुबई जस्ता देशहरुमा नेपाली युवा पठाउने काम गर्छ । यो संस्थासँग वैदेशिक रोजगारीको झण्डै डेढ दशकको अनुभव छ । वैदेशिक रोजगारिकै सन्दर्भमा रहेर देशपरदेशका लागि विनोदकुमार चौलागाईले लक्कि एचआर सोलुसनका प्रबन्ध निर्देशक एमएस काप्रीसँग कुराकानी गरेका छन् ।

धेरै नेपालीको गन्तव्य मुलुक खाडीका देशहरुनैं हुन् । त्यहाँ बढी जसो कस्ता कामको अवसर पाईन्छ ?

खाडीको दोहा, आबुधाबी, कतार, साउदीमा अवसरहरु धेरै छ । मलेसियाको तुलनामा खाडीमा अवसर किन बढी छ भने त्यहाँ ‘ए टु जेड’ म्यानपावर चाहिएको छ । भन्न खोजेको सबैखालको सीप त्यहाँ चाहिएको छ । मलेसियामा तपाईले कि सेक्युरिटी गार्ड देख्नुहुन्छ कि जेनेरल वर्कर । गल्फमा सबैकिसिमका काम ड्राईभर, कुक, सेक्युरिटी गार्ड, ईञ्जिनियरिङ, डाक्टरको माग हुन्छ । दक्ष जनशक्तिमा भारत, पाकिस्तान, श्रीलंका जस्ता देशले बढी फाईदा लियो । हामीले पनि दक्ष जनशक्ति उत्पादन गरेर त्यो देशमा पठाउन सक्यौं भने धेरै फाईदा लिन सक्छौं । अहिले नेपालमा लेवर मात्र पाउँछ भनेर लगिराखेको छ । त्यसको सट्टामा हामी आँफैले तालिम दिएर दक्ष जनशक्ति पठाउन सक्यौं भने भबिष्य एकदम राम्रो छ ।

हामीले अहिलेसम्म दक्ष कामदार पठाउन किन सकेनौं ?

त्यस्तो संगठित रुपमा दक्ष जनशक्ति भएको ठाउँ कहाँ छ र । मेरो विचारमा समस्या त्यहि हो । हामी व्यबसायीले के गर्न सक्छौं । हामीले ‘रेजुमी’ अनुसार पठाउने हो । यहाँको राजनीतिक समस्या, सबै एक ठाउँमा बसेर सिक्न नसक्ने, धैर्यता गर्न नसक्ने, त्यसले गर्दा सिटिईभिटिले पनि राम्रो जनशक्ति उत्पादन गर्नै सकेको छैन । उत्पादन गरेपनि जस्तो किसिमको जनशक्ति खाडीमा चाहिएको हो त्यो अनुसारको उत्पादन गर्न सकेको छैन । जो हामीले मेसन, प्लम्बर, एसी प्राविधिकका रुपमा जनशीक्त लगेका छौं त्यो मान्छेहरु दक्ष नदेखिएकाले उनीहरु बरु हेल्पर पठाईदेउ हामी तालिम दिन्छु भन्छन् । खाडी मुलुकका रोजगारदाताहरुको मानसिकता नेपालमा लेवर बाहेक पाईहदैन भन्ने रहेको छ । हामीले अहिले मार्केटिङ गर्न जाँदा जे कुरा फिलिपिन्स, श्रीलंका, भारतमा पाईन्छ त्यो नेपालमा पनि पाईन्छ भनेका छौं ।

त्यसो हो भने, हाम्रो तालिम संरचनामैं समस्या हो ?

शतप्रतिशत, किनभने जुन मेनपावरले यहाँ तालिमको रुपमा दिएको छ उसलाई अरबको बारेमा थाहै छैन उसले के तालिम दिन सक्छ । भन्न खोजेको नेपालमा दक्ष जनशक्तिको कमी होईन । हामी बिसौं बर्ष भैसक्यो गल्फमा काम गरेको । ति जनशक्तिको तथ्यांक हामीले उठाउन सकेनौं जस्तो लाग्छ । दुबईमा, कतारमा, साउदीमा कति मान्छे काम गरेर बसेका होलान् २० बर्षदेखि त्यो मानिसहरुको तथ्यांक उठाउन सक्ने हो र हामीसँग यो–यो छ भन्न सक्ने हो भने यो रिक्रुटमेन्टको ‘वे’ तुरुन्तै परिवर्तन हुनसक्छ ।

विदेश पठाउनुअघि तपाईहरुले पनि सीप सिकाएर पठाउनसक्नुहुन्छनी । किन त्यसो गर्नुहुँदैन ?

लक्कि एचआर सोलुसनले सिटिईभीटी अन्र्तगत ३५ वटा बिषयहरुमा तालिमको स्विकृति लिएका छौं । मेसन, प्लम्बर, कार्पेन्टर, ड्राईभर जस्ता तालिम हामीले सुरु गरिराखेका छौं । अहिले जतिपनि हामीकहाँबाट दक्ष जनशक्तिका रुपमा विदेश जान्छन् ति जनशक्तिलाई तालिम दिने, तालिमको लेभल परिक्षण गर्ने जस्ता काम हामीले गरेका छौं । गएको पछिल्लो २ बर्षदेखि रोजगारदताहरुलाई सकेसम्म दक्ष जनशक्तिनैं पठाउनुपर्छ भनेर अहिले हाम्रो मार्केटिङ तरिकानैं फरक छ ।

जो युवाहरु विदेश गएर केहि सीप र पैसा आर्जन गरेर आउनुहुन्छ त्यस्ता युवाको सीपको उचित प्रयोगका लागि तपाईहरको पनि भुमिका हुन सक्दैन र ?

अहिले त्यहि गरेका छौं । अहिले हामीले नेपालमा कति दक्ष जनशक्ति रहेछन् त । दुबई, कतार लगायतका खाडी मुलुकबाट के सीप बोकेर आएका छन् । ति तथ्यांकहरु उठाईरहेका छौं । अहिले हामीसँग झण्डै १६ सय तथ्यांक पुगिसकेको छ । अहिले हामी मार्केटिङमा जाँदा हामीसँग यो जनशक्ति छ, तिमिहरुलाई कुन मन पर्छ भनेर जान थालेका छौं । यो तरिका अपनाएपछि हामीलाई काम गर्न सजिलो भएको छ ।

विदेशमा अहिले धेरै ठुलो सम्स्या छ । यहाँबाट गएका युवालाई भनेजति तलब दिईदैन, भनेको काममा लगाईदैन, भनेभन्दा बढी समय काममा लगाईन्छ । यो बदमासी कसको हो ?

यो बदमासी उनीहरुको पनि भन्न मिलेन हाम्रो पनि भन्न मिलेन । दक्षताकै बदमासी हो । बदमासलाई तह लगाउने हाम्रो कानुन छ, सम्बन्धित देशमा कन्सुलेट तथा दुतावास छ । त्यस्तो समस्या स्वदेशमा पनि छ । यहाँपनि कतिपय कम्पनीले काममा लगाउँछ, ज्याला दिदैन अनि समस्या आउँछन । समस्या आएपछि त्यसलाई कसरि समाधान गर्ने भन्ने कुरा महत्वपुर्ण हो । त्यसमा राज्यको सहयोग हुनुपर्छ । त्यसमा व्यबसायीको अग्रसरता हुनुपर्छ । र, समस्या समाधान हुनुपर्छ । यो १४ बर्षको अन्तरालमा मेरो त कामनैं त्यही हो । मैंले त जहिले नी केटाहरुसँगै बसेर समस्या समाधान गरिराखेको छु । त्यहिद भएरनैं यहाँ बाट ३०/४० हजार मान्छे विदेश गए होलान् त्यति ठुलो समस्या छ जस्तो मलाई लाग्दैन ।

अन्त्यमा, विदेश जान चाहने युवाले थाहा पाउनै पर्ने कुरा के–के हुन् ?

अब युवाहरुले के सोच्नुपर्‍यो भने अहिले प्रविधिको जमाना छ । राज्यले एक हजार जति मेनपावरलाई लाईसेन्स दिएको छ । राम्रो ठाउँमा पठायो भने राज्यले उसलाई पुरस्कृत गर्छ । नराम्रो ठाउँमा पठायो, युवाहरुले दुःख पाएभने राज्यले सजाए पनि दिन्छ । त्यहि भएर सबै युवाहरुलाई म के भन्न चाहन्छु भने सकेसम्म विदेश जाँदाखेरी केहि सीप सिकेर जानु पर्दोरैछ । तालिमकेन्द्रहरु सजिलै भेटिन्छ । सीप सिकेर गईयो भने अलि धेरै तलब पाईन्छ । विदेशबाट फर्किसकेपछि त्यो सीप भोली यहाँ पनि काम लाग्छ । म त सीप नसिकि विदेश नजानु भन्ने सल्लाह दिन चाहन्छु ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय