जापानमा ८० हजारका लागि रोजगारी खुल्दै

जापान- जापानमा एकैपटक ८० हजार व्यक्तिका लागि रोजगारी खुल्ने भएको छ । सन् २०२० मा हुने गृष्मकालीन ओलम्पिक प्रतियोगितालाई लक्षित गर्दै जापानका प्रमुख तीन कोम्बिनी मिनी मार्टहरुले आफ्नो थप शाखा विस्तार गर्ने हुँदा त्यसका लागि झण्डै ८० हजार थप कर्मचारी राख्ने भएको हो ।

आफ्ना शाखाहरुका साथै कर्मचारी थप गर्ने जापानका प्रमुख तीन कोम्बिनी मिनी मार्टहरु मध्ये सेभेन इलेभेनले यही वर्ष जापानभर थप १६ सय वटा शाखा खोल्ने लगभग अन्तिम तयारी गरेको छ भने फेमिली मार्टले पनि थप १३ सय शाखा खोल्ने भएको छ ।

उता लसनको पनि ११ सय वटा नयाँ शाखा यही वर्ष अर्थात सन् २०१५ भित्रै सञ्चालनमा आइसक्ने छ ।

यी तीनैवटा कोम्बिनी मार्टहरुले एकैपटक ४ हजार शाखा थप विस्तार गर्ने भएपछि त्यसका लागि झण्डै ८० हजार थप कर्मचारीको पनि आवश्यक पर्ने जापानको विजनेश जर्नल अनलाइनले जनाएको छ । एकैपटक यति धेरै संख्यामा कामदारको आवश्यकता हुने भएपछि कसरी पूर्ति गर्ने भन्ने अहिले सरोकारवालाहरुको टाउको दुखाइ बनेको छ ।

जापानमा अहिले युवाहरुमा कामप्रतिको आकर्षण घट्दै गएको छ । जापानका युवा अल्छि भएको अनलाइनको खवरमा उल्लेख छ । त्यसैले युवाहरुलाई आकर्षित गर्नका लागि कोम्बिनी सञ्चालकहरुले पारिश्रमिक अर्थात तलब बढाउने कि भन्ने गृहकार्य समेत थालेको छ । अहिले प्रतिघण्टा ८ सय दिइदै आएकोमा यो निर्णय कार्यान्वयन भए अब प्रतिघण्टा ११ सय येन पारिश्रमिक पाइनेछ ।

केही सञ्चालकहरु भने जनशक्तिको अभाव पूर्ति गर्न विदेशी कामदारहरुलाई पनि रोजगारी दिने योजनामा छन् । तर कोम्बिनी स्टोर प्रत्यक्ष जनसम्पर्क हुने थलो भएकोले जापानी भाषाको दख्खल हुनुपर्ने धेरैको धारणा छ ।

त्यसैले विशेष गरी जापानी भाषा अध्ययनरत विदेशी विद्यार्थीहरुले रोजगारी पाउने सम्भावना छ । त्यस्तै लसन स्टोरले भाषा नजान्ने विदेशी कामदारलाई पनि खाना तयार पार्ने, प्याकिङ गर्ने लगायतका कामहरुमा लगाउन सकिने तर्क गरेको छ ।

नेपाल जापान डटकमबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय