
मलेसिया (क्वालालम्पुर), हुन त मलेसियामा ठगिनु र लुटिनु कुनै नौलो कुरो नै होइन । त्यहाँ दैनिकजसो लुटपाट र ठगिका घटना भइरहन्छन् । तर रोजगारीका लागि आएका नेपालीलाई नेपालीले समेत ठग्ने गरेको मलेसिया स्थीति नेपाली दुतावासले निश्कर्ष निकालेको छ । नेपालीलाई एउटा कम्पनीबाट भगाएर अर्कै कम्पनीमा लगिदिने र गैरकानुनी हैसियतको बनाइदिने काम धेरैजसो नेपालीले नै गर्ने गर्दछन् । दुतावासका अनुसार त्यस्ता व्यक्तिको पहिचान गरी कारवाही प्रकृया अघि बढाउने तयारी गरिंदैछ ।
आधिकारीक कागजात विना बस्ने(अवैध) नेपाली कामदारको संख्या बढ्दै गएपछि यसले समग्र नेपालको छविमा नै दाग लाग्दैछ । यसरी बसेका नेपाली जतिसुकै बेला पनि समातिन सक्ने र कारवाहीमा पर्न सक्ने भएकाले पनि यसलाई निरुत्साहित गर्न जरुरी भएको दुतावासले जनाएको छ । लुकिछिपि बस्नेहरु जस्तोसुकै समस्यामा परेपनि सहज रुपमा उनीहरुलार्ई सहयोग गर्न सक्ने अवस्था हुन्न ।
पछिल्लो समय यस्तो धुत्याईपुर्वक ठगिसँगै अपराधिक गतिविधीमा समेत नेपाली सम्लग्न हुन थालेपछि समस्या थपिएकोले दूतावासलाई थप टाउको दुखाई भएको छ । श्रमकै काममा धेरै ब्यस्त भएर दुईपक्षीय अन्य विषयमा ध्यान समेत दिन कठिन भइरहेको अवस्थामा अपराधिक गतिविधीले थप समस्या थपिएको छ ।
मलेसियामा रहेको नेपाली ब्यवसायीहरु नेपालीकै संलग्नतामा अपहरण समेत हुन थालेपछि दूतावासलले परराष्ट्र मन्त्रालय मार्फत गृहमन्त्रालयसंग छलफल गर्दै समाधान खोजी गरेको भएपनि प्रभावकारी हुन नसकेको बताइएको छ । नेपाली व्यवसायीलाई अपहरण गर्ने, फिरौती माग्ने कार्यक्रममा समेत नेपालीसंलग्न भएको खुलेपछि त्यहाँको सरकारसंग मिलेर निगरानी गराउने भन्नेमा गृहअधिकारीसंग छलफल भइरहेको दूतावास अधिकारीले बताए ।
समस्या समाधान गर्ने कार्यमा एक पछि अर्को चुनौति थपिदै गएको राजदूत निरन्जनमासिंह बस्न्यातले बताए । उक्त समस्याको सबै विवरण यस्ता कार्यले मुलुकको बेइजत मात्र होइन रोजगारीमा आएकाहरु असुरक्षित हुने अवस्था आएको उनले बताए । मलेसियामा रहेको ‘क्रिमिनल ग्रुप’ संग मिलेर यस्तो कार्य गर्ने गरेको सूचना समेत दूतावासमा आएको छ ।
त्यहाँको गृहमन्त्रालयले गरेको सुक्ष्म अध्ययनबाट पनि केही नेपालीहरु अपराधिक क्रियकलापमा संलग्न भएको ठहर छ । नेपालीबाट मात्र सुरक्षीत महसुस गर्ने मलेसियाली नागरिकले नेपालीहरु नै यस्तो कार्यमा संलग्न भएपछि कसरी समाधान गर्ने भन्नेमा लामो छलफल भए पनि यसै गर्ने भन्ने निश्कर्षमा अझै पुग्न नसकेको राजदूतले बताए ।
मलेसियाले सुरक्षा गार्डको रुपमा नेपालीलाई मात्र विश्वास गरेको छ । ‘सुरक्षा गार्डमा कि मलेसियाली कि नेपाली नै भन्ने छ’ उनीहरुको सुरक्षागार्ड सम्वन्धी पछिल्लो नीतिमा तर नेपाली आफै त्यसमा सम्लग्न हुन थालेपछि त्यो टर्ने सम्भावना बढेको दूतावासका एक अधिकारीले बताए ।
मलेसियामा नेपाल सहित चीन, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान लगायत १४ मुलुकका नागरिक रोजगारीको लागि खुला गरेको छ । तर सुरक्षाको लागि नेपालीलाई मात्र विश्वास गरेको छ । अन्य मुलुकका नागरिक पनि सुरक्षाकर्मीको रुपमा आउन चाहन्छन् तर नेपालीलाई छोडेर त्यसमा निर्णय लिन भने सकेकेा छैन् ।
मलेसियामा अहिले ८ सय भन्दा बढि कम्पनीमा नेपाली काम गर्छन भने धेरै स्थानमा नेपाली सुरक्षा गार्डको रुपमा नै कार्यरत छन् । ‘पिलन्धरे सुरक्षा सम्वन्धी कुनै ज्ञान नभएको तर प्रमाणपत्र भएका’ नै भए पनि सुरक्षा गार्ड नेपाली नै हुनुपर्ने मान्यता मलयको छ ।
इन्डोनेसियाली नागरिकको दवदवा रहेको मलेसियामा नेपाली सुरक्षाकर्मीबाट आफूलाई सुरक्षीत सम्झन्छन् । यस्तो अवस्थामा रहेको नेपालीलाई सकेसम्म सुविधा दिलाउने प्रयासमा रहेको राजदूत बस्न्यातले बताउदै भने,’तर यहाँ आउने नेपालीहरु नेपालबाट निचारिएर आएका हुन्छन् । म्यानपावर कम्पनी, काठमाडौं स्थित दूतावास, स्वास्थ्य परिक्षण सबैबाट निचोरिदै यहाँ आइपुग्छन यहाँ पनि कमाएको रकम लुटिएको भन्दै दूतावास आउनेहरु सयौ हुन्छन । कतिले कम्पनी छोडेर अर्कोमा धेरै कमाउने लोभमा परेर कागजपत्र विहिन भएका छन् ।’
नौ सय रिंगेटका लागि यहाँ आउने नेपालीलाई जताततैबाट निचोर्ने काम भएको राजदूत बस्न्यातले बताए । यसका सुधार होस भनेर लगातार सबै पक्षको ध्यानाकर्षण गराउदै आएको बताए । यति धेरै नेपालीको समस्या नै समस्यामा जेलिएको दूतावासलाई सहज बनाउदै लैजान लागेको दावी गर्दै राजदूत बस्न्यातले भने, ‘आएलगत्तै दुतावास भवन सारेर केही सहजता ल्याएँ । कागजपत्र नभएर घरर्फकन नसकेकालाई फकाउने काम समेत गर्दै आएकोमा अहिले पुन दूतावास सार्न पर्ने भएको छ ।
पेनाङमा अवैतानिक बाणिज्य दूत नियुक्त गरेर त्यहाँबाट पनि कन्सुलर सेवा दिएका राजदूतले जोहरबारुमा पनि सम्पर्क कार्यालय स्थापना गरेर पासपोर्टको फारम भर्ने र त्यो उपलब्ध गराउने काम आरम्भ गर्न लागिएको बताए । मलेसिया सरकारले स्विकृती दिइसकेको छ ।
विमानस्थलमा भेटिएका चितवनको भण्डारा घर बताउने निराजन पौडेलले भने ‘हामी अभागि नेपालमा पनि ठगिएर नै आएको । ८० हजारमा सहिछाप लगाएर डेढलाख तिरेर आएको यहाँ पनि लुटिएकाछौ । यहाँको प्रहरीबाट समेत लुटिएकाछौ । तर पनि आएको ऋण तिर्न बाध्यभएर काम गरिरहेको छु ।’
कान्तिपुरबाट