यूएईमा नयाँ बर्षको कार्यक्रम

उत्तम अधिकारी, आबुधाबी – गैर आवासीय नेपाली संघ यूएईको आबुधाबी क्षेत्रीय समितीले नयाँ बर्षको अवसरमा गत शुक्रवार एक कार्यक्रमको आयोजना गर्यो ।

अंग्रेजी नयाँ बर्षको अवसर पारेर आबुधबिको फेमिली कर्नेस पार्कमा आबुधाबी क्षेत्रीय समितिले एक बार्बिक्यु कार्यक्रम आयोजना गरेको हो । यूएईका लागि नेपाली राजदुत धनञ्जय झाको समेत उपस्थिति रहेको सो कार्यक्रममा संघका यूएई अध्यक्ष कृष्ण प्रसाद भुसाल तथा संघकै केन्द्रिय पदाधिकारी र सदस्यहरु बिभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, ब्यवसायीका साथमा आबुधाबिवासी नेपालीहरु सहभागी भएका थिए ।

उक्त क्षेत्रीय समितिका अध्यक्ष गोकुल कुइंकेलको सभापतित्वमा आयोजित छोटो औपचारिक कार्यक्रममा राजदुत झा, संघका यूएई अध्यक्ष भुसाल, संघकै यूएई महिला संयोजक अमृता सिग्देल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

राजदुत झाले बिश्वब्यापी रुपमा नेपालीहरुलाई संगठित गर्दै आइरहेको र नेपाल सरकारबाट पनि बिदेशमा मान्यता प्राप्त एनआरएनएले ठुला मुद्दा उठाउनु पर्ने र ठुला समस्याको दिर्घकालिन समाधानका निमित्त बृहत कार्यक्रम र योजना ल्याउनुपर्नेमा जोड दिए ।

संघका यूएई अध्यक्ष कृष्ण प्रसाद भुसालले एनआरएनए यूएई यहा रहेका सबै नेपालीको साझा संस्था भएकाले सबैको सहयोग, सद्भाव र समर्थनको जरुरत पर्ने भन्दै नेपाली कामदारलाई आइपरेका समस्या समाधानका लागि संघले निरन्तर सक्दो प्रयास गर्दै आइरहेको बताए । संघले छिट्टै नेपाली मौलिक पर्वका अवसरमा कार्यक्रम आयोजना गर्ने र त्यसका लागि सबैको हातेमालोको जरुरत पर्ने भुसालले बताए ।

आबुधाबी क्षेत्रीय समितिका सचिव तोरणदत्त सुबेदीद्वारा संचालित उक्त कार्यक्रममा काम गर्ने क्रममा दुवै हात र एक खुट्टा गुमाएका नेर्पू गाबिस वडा न ८ खोटांगका बिद्युत प्राधिकरणमा ज्यालादारी काम गर्ने नेर्पू गाबिस वडा न ८ खोटांगका हरिकाजी ढुंगानालाई सहयोग स्वरूप उक्त क्षेत्रले संकलन गरेको २ हजार एकसय ९३ दिर्हाम सम्बन्धित पक्षसम्म पुर्याउने गरी हिमाल गुरुङलाई हस्तान्तरण गरिएको थियो ।

बिदेशमा बसेर विभिन्न उत्सब मनाउन चाहने नेपालीहरुलाई लक्षित गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा बिभिन्न प्रकारका खानपिनको ब्यबस्था गरिएको थियो । एक आपसमा शुभकामना बाड्दै सहभागीहरुले खुसियालीपुर्वक कार्यक्रमलाई मनोरन्जनात्मक बनाएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय