इजरायलमा एक नेपाली महिला दर्घटनामा

इजरायल, इजरायलको जेरुशलेममा गाडिको ठक्करबाट एक नेपाली चेली गम्भिर घाइते भएकी छिन् । रसुवा जिल्ला धुन्चे ५ स्थायी घर भई विगत ९ बर्षदेखि इजरायलमा कार्यरत कर्मु लामा नाम गरेकी अन्दाजी २९ बर्षिया अविवाहित नेपाली महिला बाटो काट्ने क्रममा निजी कारले ठक्कर दिदा गम्भिर घाइते भएकी हुन् ।

“वाटो काट्दै थिएँ, अगाडिबाट गाडी आरहेको थिय । रोक्नको लागि इशारा गरिरहदा पनि नरोकी आएर ठक्कर दियो” घाइते लामाले जेरुशलेमस्थित हदासा एन्करेन अस्पतालको वार्डबाट टेलिफोन मार्फत बताइन् । गाडिको ठक्कर पश्चात वेहोस् भएकी कर्मु लामालाई स्थानियवासीले एम्वलुलेन्स बोलाई हदासा एन्करेन पुर्याएका थिए ।

अस्पतालमा आकस्मिक उपचार पश्चात उनको होस् खुलेको घाइते लामाकी वहिनी वविता लामाले बताइन । घाइते कर्मु शेर्पाको टाउकोको निधारपट्टिको भागमा गहिरो चोट लागेको छ भने उनको हिपको हड्डी भाचिएको र आगामी हप्ता त्यसको अप्रेसन गर्ने चिकित्सकहरुले बताएका छन् । लामालाई विहिवार विहान करिव ८ बजेको समयमा नियमित आफ्नो काममा जाने क्रममा जेरुशलेमको स्मोइल बारुख एग्रिपास मार्गमा गाडिले ठक्कर दिएको थियो ।

उनलाई ठक्कर दिने गाडीको अझै पत्तो लाग्न सकेको छैन् भने दुर्घटना बारे इजरायल प्रहरीलाई जानकारी गराइसकिएको छ । थाहाभए अनुसार जेरुशलेमको रेखाविया वर्वनेलमा ९ महिनादेखि काम गर्दै आइरहेकी कर्मु लामाको रोजगारदाताले उनको स्वास्थ्य विमा नगरेका कारण उनको उपचारमा समस्या आइपरेको वुझिएको छ । लामाको स्वास्थ्यस्थितीमा क्रमिक सुधार आइरहेको बताइएको छ ।

नेपाल इजरायल डट नेटबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय