श्रीमान् विदेशमा, श्रीमति अर्कैसँग

इलाम । विवाहलार्इ पवित्र नाता मानिन्छ। यो नाता धैरेका लागि फलिफाप सिद्ध भए पनि केहीलाई नबिर्सने घाउ बन्दैछ। बिवाहेत्तर सम्बन्धले दाम्पत्य टुक्रिने र धरापमा पर्ने क्रम बढेको छ। नायवसुब्बा स्तरका एक कर्मचारी र आठ वर्षीया छोरीकी आमाबीच कायम भएको मौसमी माया छताछुल्ल हुदाँ इलाममा विवाहेत्तर सम्बन्धले फेरी चर्चा पाउँदैछ। दुर्इ छोराका बाबु ती कर्मचारी र अर्केकी श्रीमतीबीच लुकीछिपी चलेको माया समाजले भेउ पाउँदा उनीहरु प्रहरीसमक्ष धाउनुपरेको छ । श्रीमान वैदेशिक रोजगारीमा गएपछि छोरीसँग बस्ने महिलाप्रति गाविस सचिव रहेका ती कर्मचारीको ‘आशक्ति देखेर प्रहरी कार्यालयका कर्मचारी नै अनौठो मान्दैछन्। ‘उनले अर्काकी श्रीमतीलाई पठाएका एसएमएस माया र अश्लीलताले भरिएका थिए, पढ्नै अप्ठ्यारो लाग्ने, प्रहरी स्रोतले नागरिकलाई भन्यो, ‘श्रीमान विदेश हुँदा महिलाले पनि ती कर्मचारीलाई भरपूर साथ दिएको भेटियो, जुन हुनु हुँदैनथ्यो।

आफ्नी श्रीमती अर्कैसँग ‘सल्केकोु सुइँको श्रीमानले विदेशमै पाएका थिए। उतैबाट धेरैपल्ट ‘त्यसरी गति नछोडु भन्दै सम्झाए। फर्किने क्रममा राजधानी ओर्लनासाथ श्रीमतीलाई बोलाए। ‘आइन्दा नाजायज सम्बन्ध नराख्ने सर्तमा सहमति भयो। इलाम फर्केको केही दिनपछि उही क्रम दोहोरियो। कर्मचारीले एसएमएस पठाइरहने, फोन गरिरहने। आजित बनेका श्रीमानले फोन कब्जा गरे। तैपनि उनीहरूको ‘मायाु फस्टाउन छाडेन।

‘हुँदाहुँदै ती कर्मचारीले सिमसहितको नयाँ मोबाइल किनिदिएको देखियो, घटना अनुसन्धान गर्ने प्रहरीले सुनाए, ‘अन्तिममा त्यही मोबाइलका कारण उनीहरुको सम्बन्ध सतहमा आयो। आफूले किन्देको मोबाइलमा कर्मचारीले एसएमएस पठाइरहने र महिलाले ‘रेस्पोन्स गरिरहने क्रम जारी थियो। त्यसको प्रमाण सदरमुकामको डेरामा सँगै बस्ने श्रीमानले भेट्टाए। त्यसै रातदेखि डेरामा तनाव सुरु भयो।

उज्यालो नहुँदै छोरीसहित महिलाले डेरा छाडिन्। श्रीमान परिवार हराउँदा रनभुल्ल। तिल्केनी पुगेर अरुकै मोबाइलबाट श्रीमतीले ‘म फलानो ९कर्मचारी० सँग गएँ भन्दै फोन गरेपछि उनी झनै चकित। ‘मौसमी मायाु को परिणाम कर्मचारीकी श्रीमतीले पनि सुनिन्। एकातिर श्रीमान पीडित, अर्कातिर श्रीमती। दुईटै परिवार तनावमा।

‘इलामबाट भागेका उनीहरु दार्जिलिङ पुगेछन्, स्रोतले भन्यो, ‘भाग्दा सजायको भागिदार बन्नुपर्ने भयले फेरि सम्पर्कमा आएका हुन्। मौसमी माया गर्नेहरु सम्पर्कविहीन भए पनि इलाममै रहेका परिवार प्रहरीको सम्पर्कमै थिए। सँगै नभएको झल्को दिने बठ्याइँ गर्दै कर्मचारी र महिला पनि प्रहरी कार्यालयमै पुगे। त्यहाँ कर्मचारीकी श्रीमती र महिलाका श्रीमान पहिल्यै हाजिर थिए। लामो छलफलपछि कुरा मिल्यो, दाम्पत्य टुक्रिएन।

कारबाही हुँदा दुई छोराको भविष्य डामाडोल हुने र खाँदै आएको सरकारी जागिरै गुम्ने भयले कर्मचारीकी श्रीमतीले बहुविवाहको मुद्दा दर्ता गर्न चाहिनन्। विदेश हुँदा कमाएर पठाएको रकम श्रीमतीलाई कारबाही गर्दा गाउँबाट नउठ्ने भयले ती पुरुष पनि कारबाहीतिर लागेनन्। मिलेमतोमा दुई परिवार फिर्ता भयो।

‘यस्ता घटना महिनामा ६ वटासम्म आउँछन्, धेरैजसो मिलेमतोमै टुंगिन्छन्, महिला सेलकी असई कृष्णकुमारी अधिकारीले सुनाइन्, ‘श्रीमान वैदेशिक रोजगारीमा गएपछि तिनका श्रीमती मौसमी मायाजालमा परेको देखिन्छ। लामो समय एक्लै बस्दा भोग्नुपर्ने मानसिक असर र शारीरिक सुखको अतृप्ति ‘मौसमी माया बढ्ने कारण रहेको उनी बताउँछिन्।

नागरिक दैनिकबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय