व्लड मनी मृत्युदण्डको व्यापार जस्तै भएकोमा चिन्ता

रियाद, साउदी अरबका वकिल तथा सामाजिक क्षेत्रमा कृयाशिल व्यक्तिहरुले पछिल्लो समयमा धेरै व्लड मनी माग्न थालिएको घटनाप्रति चिन्ता जनाएका छन् । यसले समस्यामा परेका कामदारका परिवारलाई अझ समस्या थप्ने उनीहरुको भनाई छ । यति मात्र नभइ यसले मुस्लीम संस्कारका बारेमा नै नकारात्मक धारणा बनाउने भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।

ईस्लाम धर्मले यदि तिमि दया गर्न सक्छौ र पीरलाई सहन सक्छौ भनें माफ गरिदेउ भनेर सिकाएको हो साउदीको पूर्वी क्षेत्रमा रहेको दर अल इफ्ताका सुपरभाइजर शेख खलिफ अल मुतलकले भनेका छन् तर अहिले जसरी हत्या गरिएका परिवारले मनलागे जति रकम माग्न ईस्लामले सिकाएको छैन । अहिले हत्या पछि ठूलो रकम माग्नु अधिकार जस्तै बन्दै गएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।

क्षमादानले आपसी भाइचाराको सन्देश दिने भन्दै उनले यसले सामाजिक रुपमा ठूलो महत्व राख्ने बताए । कुनै घटनामा कोहि मारिएमा कुनै रकम नलिइ त्यस्ता व्यक्तिलाई क्षमादान दिनु नै अल्लाहप्रति गरेकोे सम्मान हो उनले भनेका छन् ।

यसैगरी अधिवक्ता अल खालिदले पनि सारिया कानूनले दण्डको व्यवस्था गरेपनि क्षमादानलाई पनि उत्तिकै महत्व दिएको बताए । तर त्यसरी दिइने क्षमादान कुनै रकम लिएर भनें नहुनु राम्रो हुने उनले बताएका छन् । उनले पछिल्लो समयमा व्लड मनी मृत्युदण्डको व्यापार जस्तै भएको भन्दै त्यसलाई हटाउन लागिपर्नुमा जोड दिए ।

यसैगरी साउदीमा कैदीको रेखदेख गर्ने समितिका निर्देशक शेख मोहम्मद अल साफीले पनि धेरै व्लड मनी लिने दिने कुरालाई निरुत्साहित गर्नुपर्ने बताएका छन् । यसले एकखालको प्रतिस्पर्धा जस्तै सुरु भएको छ, कसले धेरै व्लड मनी माग्ने भनेर, यसलाई निरुत्साहित गर्न संचारमाध्यमले पनि सहयोग गर्नुपर्छ उनले भनेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय